2026-08-23 04:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

परिवार नियोजनका साधन गरिब मुलुकलाई दिनुभन्दा, फ्रान्स लगेर जलाउने अमेरिकाको तयारी

काठमाडौँ | अमेरिकाले झन्डै एक करोड डलर मूल्यका परिवार नियोजनका साधनहरू फ्रान्स लगेर जलाउने तयारी गरेको छ। अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी (युएसएड) कार्यक्रम अन्तर्गत वितरण गर्न खरिद गरी बेल्जियमको गोदाममा थन्किएका करौडौं मूल्यका परिवार नियोजनका साधनहरू अमेरिकाले फ्रान्स लगेर जलाउन लागेको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गरिब मुलुकमा निःशुल्क वितरणका लागि खरिद गरिएका साधनहरू बेल्जियमको एन्डवर्प प्रान्तको गोल सहरको गोदाममा महिनौंदेखि थन्किएका छन्। ट्रम्प प्रशासनले युएसएडमार्फत हुने सहायता रोकेपछि गोदाममै थन्किएका ती साधनहरुलाई अमेरिकी सरकारको निर्णयअनुसार नै फ्रान्स लगेर जलाउने तयारी गरिएको रोयटर्सको समाचारमा उल्लेख छ।गोदाममा थन्किएका ती साधनको मूल्य झन्ड एक करोड अमेरिकी डलर पर्छ।

यी सामग्रीमा गर्भनिरोधक चक्की, इम्प्लान्ट र युटेरसभित्र राखिने उपकरण (आइयुडी) छन्। यी साधनहरूको म्याद २०२७ देखि २०३१ सम्म रहेको भनिएको छ। बेल्जियम सरकार तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूले गोदाममा थन्किएका परिवार नियोजनका साधनहरू आफूलाई बेच्न प्रस्ताव गरेको थियो।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) र एमएसआई रिप्रोडक्टिभ च्वाइसजस्ता संस्थाहरूले त युएसएआइडीको ट्याग हटाएर ती सामग्रीहरू प्याक गर्न, ढुवानी गर्न र भन्सार खर्च समेत आफैले ब्योहर्ने प्रस्ताव गरेको थियो।

ती संस्थाहरुले परिवार नियोजनका साधनहरूको आवश्यकता विश्वभर दिन प्रतिदिन बढिरहेको र विशेष गरी गरिब मुलुकहरूमा यसको आवश्यकता रहेकाले आफू किन्न तयारी रहेको बताएका थिए। ती सबै प्रस्तावलाई ट्रम्प प्रशासनले अस्वीकार गरिदिएको भनेर रोयटर्सले लेखेको छ। अमेरिकाले फ्रान्सको एउटा मेडिकल फोहोर जलाउने केन्द्रमा बेल्जियमबाट ट्रकमा भरेर ती सामग्रीहरू लैजाने र जलाउने तयारी भएको बताइएको छ। बेल्जियमबाट फ्रान्स पठाउन दर्जनौं ट्रक आवश्यक पर्छ। ट्रकमा भरेर सामान फ्रान्स पठाउँदा र त्यहाँ जलाउँदा कुल १ लाख ६० हजार अमेरिकी डलर खर्च हुने अनुमान छ। पूरा प्रक्रियाका लागि झन्डै दुई साता लाग्ने बताइएको छ।

बेल्जियमका विदेश मन्त्रालयले ती सामग्रीहरू नष्ट हुन नदिन अमेरिकासँग समन्वय गरिरहेको बताएको छ।

‘हामीले तिनलाई अस्थायी रूपमा सार्ने विकल्पसमेत अघि सारेका थियौं,’ बेल्जियमको परराष्ट्र मन्त्रालयले रोयटर्ससँग भनेको छ, ‘तर अन्ततः कुनै व्यावहारिक समाधान सम्भव भएन।’ एमएसआई रिप्रोडक्टिभ च्वाइसका एक जना अधिकारीले यसलाई महिलाक प्रजनन् अधिकारमाथिको हमला भनेका छन्। ‘यो पैसाको विषय होइन। यो महिलाको प्रजनन अधिकारमाथिको वैचारिक हमला हो। गर्भनिरोधक नपाउँदा धेरै देशमा असुरक्षित गर्भपतन बढ्नेछ,’ उनले भनेका छन्।

यता, अमेरिकी संसदका केही सदस्यहरूले ती सामग्री नष्ट गर्न नपरोस् भनेर दुईवटा विधेयक संसदमा दर्ता गरेका छन्। तर सहायता संस्थाहरूले ती विधेयक पास नहुन्जेलसम्म सामग्री नष्ट हुने खतरा उच्च रहेको बताएका छन्। यो घटनाले अमेरिकाको वैदेशिक सहायता नीति, प्रजनन अधिकार र राजनीतिक वैचारिकताबीचको संघर्षलाई पुनः सतहमा ल्याएको छ। राष्ट्रपति ट्रम्प गर्भपतनको कट्टर विरोधी हुन्। अमेरिकी सहायता गर्भपत सेवा दिने वा त्यसलाई समर्थन गर्ने क्षेत्रमा पुग्न हुँदैन भन्ने उनको नीति छ।

परिवार नियोजनका ती साधनहरू अन्ततः गर्भपतन सेवा दिने संस्थामा पुग्दैनन् भन्ने सुनिश्चित नभएका कारण पनि ती सामग्रीहरू नष्ट गर्ने निर्णय लिएको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो