२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले संस्थापनको गोप्य योजना:विद्यालाई कार्यकर्तामाझ जानै नदिने नीति

१० श्रावण २०८२, शुक्रबार १३:१४

काठमाडौँ | नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि राजनीतिक ध्रुवीकरण सुरु भएको छ। एमालेभित्र राजनीतिक ध्रुवीकरण सुरु भएपछि संस्थापन पक्षले दिनदिनै प्रधानमन्त्री निवास बालुवाटारमा छलफल थालेको छ।

आफूलाई अन्याय भएको भन्दै तल्लो तहसम्म जाने घोषणा गर्न लागेकी विद्यालाई पार्टी संस्थापन पक्षले सबैतिर अवरोध गर्ने भएको छ। कार्यकर्ताहरूको भौतिक उपस्थितिलाई रोकेर अवरोध गर्ने भएको हो। ‘उहाँ राष्ट्रपति कार्यकर्तामाझ जाने काम छैन, सम्मानित भएर बस्ने हो,’ संस्थापनन पक्षका एक पदाधिकारीले भने।

उता भण्डारी पक्षका नेताहरू पनि भंगालस्थित भण्डारी निवासमा छलफलमा दिनदिनै जुटिरहेका छन्। एमालेले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारी पक्षले आजै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने छिन्। उनले आफू नेता, कार्यकर्ता र जनताको बीचमा जाने निर्णय गरेको जानकारी दिने भएकी छिन्।

उता संस्थापन पक्षले महासचिव शंकर पोखरेलको नेतृत्वमा बालुवाटारमा दिनहुँ छलफल गर्ने प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई निर्दैशन दिने काम भैरहेको छ। बुधबार राति शंकर पोखरेसहितका उपलब्ध पदाधिकारी, प्रदेश इन्चार्ज, प्रदेश अध्यक्षसहितको बैठक बसेको थियो। सो बैठकबाट बिहीबार विहान ४ बजे मात्रै निस्केका थिए। उनीहरूले भण्डारीले आयोजना गर्ने कुनै पनि कार्यक्रममा कार्यकर्तालाई नपठाउन, कडा प्रतिवाद गर्न निर्दैशन दिएका छन्। ‘वैचारिक रूपमै प्रतिवाद गर्नुपर्ने अवस्था आएको छ, संविधानको मर्म विपरित भएको भन्दै भण्डारीको अभियानलाई प्रतिवाद गर्न भनिएको छ,’ छलफलमा सहभागी एक नेताले जानकारी दिए।

साथै भण्डारीले सदस्यता नविकरणका लागि निर्वाचन आयोग र अदालतमा गए के गर्ने भन्ने विषयमा छलफल गरेको निकट स्रोतले जनाएको छ। पार्टीका नेता कार्यकर्ताहरूबीच अभियान लिएर जान लागेकी भण्डारीलाई कसरी रोक्ने भन्ने सम्बन्धमा संस्थापन पक्षले चरणबद्ध रूपमा मातहतका नेता कार्यकर्तालाई निर्दैशन दिने थालेको छ।

यता भण्डारील शुक्रबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै छिन्। उनले कार्की बैंक्युटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन्। सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै छिन्। उनले आफू एमालेमै रहने र एमालेकै नीति अनुरुप लोकतान्त्रिक विधि पद्धती तथा जनताको बहुदलीय जनवादलाई अक्षरस पालाना गर्ने बताउने भएकी छिन्। ‘उहाँले आफू एमाले नै भएको बताउनुहुनेछ,’ उनीसँग निकट रहेका एक नेताले भने।

पार्टीले सदस्यता रोकेपछि सञ्चार माध्यममा कुनै पनि टिप्पणी नगरेकी भण्डारीले आफू निकट रहेका नेता कार्यकर्ताहरूसँग छलफल गरेकी थिइन्। गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेपछि संस्थापन पक्षले राजनीतिक यात्रामा पूर्णविराम लागेको निष्कर्षसहित प्रचारबाजी गरिरहेको छ।

मंगलबार मध्यराति एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गर्दा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले हो हल्ला भएको र असहमति राख्ने अवस्था नभएको सार्वजनिक गरिसकेका छन्। उनले त्यहाँ नोटअफ डिसेण्ट लेख्ने तथा असहमति राख्ने वातावरण नभएको सार्वजनिक गरेका हुन्।

मंगलबार राति एमाले केन्द्रीय कमिटीले गरेको निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति राखेका थिए । उनीहरूले असहमतिमा पनि होहल्ला गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो