2026-09-13 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूपन्देही–३ मा: हाम्रो भोटको अवस्था मजबुत छ- नेपाली कांग्रेश

काठमाडौँ | सत्तारूढ दल नेपाली कांग्रेसले रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गरेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको नेताहरूको बैठकमा उपनिर्वाचनमा पार्टीको रणनीति, योजनाबारे छलफल भएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

“रूपन्देहीको निर्वाचनका विषयमा छलफल गरेका छौँ । मुख्यरूपमा केन्द्रित भनेको आगामी उपनिर्वाचनमा हाम्रो रणनीति, योजनाका विषयमा छलफल भएको छ,” उनले भने ।

रूपन्देही–३ मा गत निर्वाचनमा आफूहरू प्राविधिकरूपले हारे पनि जनमतको अवस्था मजबुत रहेको उनको भनाइ छ ।

“रूपन्देहीमा हामीले हेर्ने भनेको विभिन्न गठबन्धन थिए, गत निर्वाचनमा । ०७९ को निर्वाचनमा विभिन्न गठबन्धनबाट चुनाव लडिएको थियो । गठबन्धनलाई पर राखेर समानुपातिक मत पार्टीको हेर्दा कांग्रेस पहिलो पार्टीकै रूपमा थियो । २० हजार मत प्राप्त गरेको थियो । दोस्रो पार्टी एमाले १६ हजार र तेस्रो पार्टी रास्वपा १४ हजार मत थियो । त्यसपछि क्रमशः मधेसवादी दलहरू थिए,” घिमिरेले भने ।

उनले अगाडि थपे, “अहिलेको पोजिसन के छ भनेर ठ्याक्कै भन्न त गाह्रो छ । विश्लेषण गरेर हेर्दा कांग्रेस, एमाले, रास्वपा र मधेसकेन्द्रित दलहरू एक भएर लड्ने भन्ने चर्चा पनि आएको छ । कांग्रेस नै पहिलो पार्टी हो । त्यो निर्वाचनमा प्राविधिकरूपले चुनाव हारेका हौँ । स्थानीय निर्वाचनमा पनि हामी पहिलो पार्टी हो । हाम्रो भोटको अवस्था मजबुत छ ।”

उनका अनुसार, बैठकमा मन्त्री हेरफेर गर्ने विषयले प्रवेश नै पाएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले