2026-09-13 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपालाई व्यंग्य: भिजिट भिसाकै कारण यहाँ आइपुग्नुभएको छ, बिरोध किन ? -कांग्रेस प्रमुख सचेतक

काठमाडौँ | सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै चिन्ता लिन नपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै घिमिरेले रास्वपाले भिजिट भिसाकै कारण अहिलेको सफलता हासिल गरेकाले धेरै चिन्ता नलिन आग्रह गरेका हुन्।

‘भिजिट भिसामा गएर उहीँ नागरिकता लिएर पासपोर्ट लिएर त्यही विदेशी पासपोर्टमा नेपाल फर्केर यहाँ मन्त्री उपप्रधानमन्त्री बनाइसकेका छौं। यो अभ्यास चलिसकेको देशमा भिजिट भिसाको बारेमा धेरै चिन्ता नगर्न आग्रह गर्छु। आज तपाईंलाई यो ठाउँमा पुर्‍याउने नै भिजिट भिसाको छ । धेरै चिन्ता किन गर्नुहुन्छ?,’ उनले भने।

भिजिट भिसाकै कारण आज सांसद बन्ने ठाउँमा आइपुगेकाहरूले नै भिजिट भिसाको बढी चिन्ता लिएकोमा आफू आश्चर्यचकित भएको घिमिरेले बताए।

‘हामीले एउटा अभ्यास गरिसकेका छौँ । भिजिट भिसामा यहाँबाट बाहिर जाने, त्यहीँको नागरिकता लिने, त्यहीँ घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने, दुई चार वटा अरु काण्ड पनि मच्चाउने, पार्टी खोल्ने त्यसपछि गृहमन्त्री, अन्य विभिन्न मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुने अभ्यास हामीले गरिसकेका छौँ । किन चिन्ता गर्नुहुन्छ,’ उनले भने।

 

उनले भिजिट भिसामा गएर उतै घरजम गर्नु, उतैको नागरिकता, पासपोर्ट लिनु अन्तर्राष्ट्रिय कानूनअनुसार पनि गलत कार्य रहेको र कुनै पनि देशले यसलाई राम्रो नमान्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले