काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रवक्ता बनेर नहिँड्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशनविपरीत नेकपा एमालेका नेतासमेत पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।
बबर महलस्थित कार्की ब्यांकेटमा शुक्रबार भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले नेता विनोद ढकालसमेत सहभागी भएका हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले एमाले केन्द्रीय कमिटीको निर्णयविरुद्ध आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेकी हुन् । उक्त कार्यक्रममा पार्टी अध्यक्ष ओलीको निर्देशनलाई चुनौती दिँदै एमाले मोरङका चर्चित नेता ढकाल सहभागी बन्न पुगेका छन् ।