२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८० प्रतिशत युवाहरुले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै आम्दानी गर्छन: शिक्षामन्त्रि पन्त

११ श्रावण २०८२, शनिबार १४:११

काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौंमा बस्ने ८० प्रतिशत युवाहरुले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेको दाबी गरेका छन्।

शनिबार काठमाडौंका आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौ महानगरपालिका १५ वडा कमिटीद्वारा एसईई सम्मान बधाई तथा शुभकामना दिँदै अहिलेका युवाहरुले घरमै बसेर विदेशका विभिन्न कम्पनिबाट काम लिई ल्याप्टपबाट काम गरि पठाउँदा नेपालमा बार्षिक १ खर्ब रुपैयाँ आम्दानी भएको बताए।

उनले यस्ता कामलाई अझै बढी जोड दिए वार्षिक ८ लाख भन्दा बढी कमाउने बताएका छन्। हिजोको दिनमा जस्तो डाक्टर इन्जिनियर नै बन्नुपर्छ भन्ने नभई नयाँ नयाँ रोजगारिको क्षेत्र आएको छ त्यसैलाई सदुपयोग गर्न सक्यो भने पैसा कमाउन सकिने उनले बताए। उनले आमा बुबाले पनि छोरा छोरिको रुचि के छ भन्नु भन्दा पनि मार्गनिर्देशन दिएर अगाडी बढ्न दिनुपर्ने बताए।

‘अहिले काठमाडौंमा ८० प्रतिशत युवाहरु जसले जागिर खाँदैनन् तरपनि उनिहरुले घर बसि बसि २ लाख भन्दा धेरै कमाउने गरेका छन्। त्यस्को कारण भनेको विदेशका विभिन्न कम्पनिबाट काम लिएर ल्याप्टपबाट काम गरि पठाउने गरेका छन्। यस्तो जागिरबाट नेपालमा बार्षिक १ खर्ब रुपैयाँ आइरहेको छ। यसलाई विकास गर्न सक्यो भने ८ खर्ब सम्म ल्याउन सक्छौ। त्यसैले तपाँइहामी ले सोचेको भन्दा नयाँ खालको काम गर्नपर्छ। हामी हिजोको जस्तो दिनमा छैन्म डाक्टर इन्जिनियर नै बन्न पर्छ भन्ने छैन नयाँ नयाँ रोजगारिको क्षेत्र आएको छ त्यसलाई सदुपयोग गर्न पर्छ, अनि पैसा कमाउन सकिन्छ । आमा बुबाले पनि छोरा छोरिको रुचि के छ त्यहि बन्न दिने हो मार्गर्निदेशन दिने हो यही बन्न पर्छ भनेर दबाब दिने होइन,’ उनले भने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो