२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ओलीले नै भण्डारीको चरित्र हत्या गरे’ – प्रचण्डको कडा टिप्पणी

११ श्रावण २०८२, शनिबार १६:१८

काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका दुई ठूला दलहरूमा संकटमा रहेको बताएका छन्।

शनिबार काठमाडौंको सितापाइलामा आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेमा ठूलो वैचारिक र राजनीतिक संकट देखिएको बताएका हुन्।

‘कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र पछिल्लो पटक गिरिजाप्रसाद कोइराला जस्ता नेताहरुले खेलेको भूमिका र गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको देखिन्छ,’ उनले भने। एमालेभित्र पछिल्लो समय त्यो संकट अझै ठूलो रहेको उनले बताए।

मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज)को आधारमा टिकाएको र अघि बढेको पार्टीमा अहिले जबजको उत्तराधिकारी नै को हो भन्ने संकट देखिएको उनले बताए।

‘आजको दिन जबजको उत्तराधिकारी को हो भन्ने क्राइसिस भयो । जबजको प्रवर्तक नै को हो, प्रस्तावक को हो भन्नेमा विवाद त्यो पार्टीमा सुरु भएको छ । यो ठूलो संकट हो,’ अध्यक्ष प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले मदन भण्डारीको चारवटा श्रीमती रहेको र सहकारी ठगीको आरोप थियो भनेर अध्यक्ष ओलीले नै भनिदिएपछि त्यो संकट सुरू भएको बताए।

‘मदन भण्डारीसँग सम्बन्धित एउटा कार्यक्रममा प्रधानमन्त्रीले मदन भण्डारीका ४ वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भन्ने कुराबाट शुरु भएको प्रक्रिया अहिले पक्कै पनि पूर्वराष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढंगले अघि आउनुभएको छ। यो संकट गहिरिने देखिएको छ । यो ठूलो आइडोलोजिकल, पोलिटिकल क्राइसिस हो,’ उनले भने।

यतिबेला वैचारिक राजनीतिक संकट नभएको पार्टी माओवादी केन्द्र मात्रै रहेको पनि प्रचण्डले दाबी गरे। ‘एकाध मान्छेका असन्तुष्टि, कुण्ठा वा दलालहरुको प्रोभोकेसनमा गएर हाम्रो पार्टीमा कुनै वैचारिक राजनीति संकट पनि छैन। नेतृत्वको संकट पनि छैन,’ उनले भने। ठूला भनिएका दलहरूमा देखिएको संकट माओवादी केन्द्रका लागि अवसर हुने पनि प्रचण्डले बताए।

‘यो हाम्रा लागि अवसरजस्तो बनेर पनि आउँदैछ। यसलाई राम्ररी ह्यान्डल गर्न सकियो भने देशको राजनीतिमा फेरि एकपटक राम्रैसँग नेतृत्व लिनसक्ने वातावरण बन्दैछ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो