२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ औं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन :ऊर्जामन्त्री खड्का

२०८२, १२ श्रावण आईतवार १२:३०

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरुले पूरा गर्न नसेको गुनासो गरेका छन् ।

आइतबार काठमाडौँमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्नेजति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि रहेको बताए ।

उनले भने,‘२४ औ घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना छ । तर यसमा दबाब ,चुनौतीहरु छन् । हामीलाई आवश्यक पर्नेजति विद्युत आफै उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने र मुलुकलाई समृद्ध बनाउने अभियानमा आज मुलुक लागि रहेकोछ ।’त्यस्तै उनले हरेक क्षेत्रमा जस्तै विद्युत क्षेत्रमा पनि चुनौतीहरु देखिएको भन्दै चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने,‘चुनौतीहरु त हरेक क्षेत्रमा देखिएका छन् । यो क्षेत्रमा पनि छ । तर हामी चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्छ ।’यस्तै खड्काले सामुदायिक विद्युत् उपभोक्ता महासङ्घलाई ठुलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन् । करिब तीन सय संस्था आबद्ध नेपाल विद्युत् उपभोक्ता महासङ्घले सबै संस्थाहरूबाट रकम एकीकृत गरी ठुलो परियोजना सञ्चालन गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा