२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्को सरकार बन्ने विकल्प नरहेको : कृष्णप्रसाद सिटौला

१२ श्रावण २०८२, आईतवार १३:२८

काठमाडौँ | नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् । आइतबार काठमाडौँमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

हाल कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नभएको उनले उल्लेख गरे । उनले वर्तमान सरकार एउटा जटिल परिस्थितिमा निर्माण भएको र कांग्रेस र नेकपा (एमाले)बीचको सम्झौताअनुसार नै पूरा कार्यकाल चल्ने बताए । “कसैको बहुमत छैन । प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला,” उनले भने, “एउटा परिस्थितिमा निर्माण भएको सरकार हो ।”

सरकारले एक वर्षमा अपेक्षाअनुसार भने काम गर्न नसकेको उनले टिप्पणी गरे । “वर्ष दिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन । तर, यो सरकार कन्टिन्यु जान्छ,” उनले भने, “किनभने, यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन ।”नेता सिटौलाले संविधान कार्यान्वयनको समीक्षा गरिने र संशोधनका विषयमा सरकारले कार्यदल बनाएर अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो