२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले राजनीतिमा को कहिले जेल जानुपर्छ भन्न सकिने अवस्था नहुने बताए

२०८२, १२ श्रावण आईतवार १४:१४

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कहिले जेल जानुपर्छ भन्न सकिने अवस्था नहुने बताएका छन्। पूर्वाग्रह र प्रतिशोधका कारण पनि जेल हालिने प्रवृत्ति रहेको भन्दै उनले यस्ता घटनाबाट राजनीतिमा गलत सन्देश जाने बताए। प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आयोजित बीपी कोईराला राष्ट्रिय पुरस्कार-२०८१ वितरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

‘राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिन्न,’ प्रधानमन्त्री ओलीले भने,‘कहिलेकाहीँ पूर्वाग्रह, प्रतिशोध वा मनोगत कारणले पनि जेल हालिन्छ।’ उनले दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरे पनि नेताहरूमाथि प्रत्यक्ष प्रतिबन्ध नभए पनि जेल हाल्ने काम भएको स्मरण गरे। ‘त्यतिबेला दलहरूमाथि प्रतिबन्ध थिएन तर नेताहरूलाई जेल हालियो,’ उनले भने।

प्रधानमन्त्री ओलीले राजनीतिक रूपमा प्रतिशोधको भावना राखेर मुद्दा लगाउने र फसाउने कार्यहरू भइरहेकामा चिन्ता व्यक्त गरे। ‘सरकारी निकाय छाडेर, व्यक्तिगत रिसइवीका आधारमा पनि मुद्दा हाल्ने, फसाउने प्रवृत्ति देखिएको छ,’ उनले भने।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बीपी कोरालाको व्यक्तित्व बहुआयामिक रहेको बताए। साहित्य, राजनीति, दर्शन र राष्ट्रियताको विषयमा बीपीको योगदान प्रेरणादायी रहेको भन्दै उनले विचार र मूल्यमा आधारित राजनीतिका पक्षधरहरूलाई बीपीको जीवनबाट सिक्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी