२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकलाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र भयो: थापा

२८ भाद्र २०७४, बुधबार १२:२७

भदौ २८, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको विभाजन राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने र मुलुकलाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र भएको बताउनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आज यहाँ आयोजना गरेको पार्टीको पश्चिमाञ्चल विकास क्षेत्रीयस्तरको स्थानीय तहका अध्यक्षको सम्मेलनको उद्घाटन गर्दै उहाँले आफ्नो पार्टी विभाजन देशी विदेशी शक्तिको डिजाइनअनुसार नै भएको आरोप लगाउनुभयो । 

मनोनित गरिएका केही सांसदले समेत पार्टी फुटाउने काम गरेको बताउँदै उहाँले पार्टी विभाजनबाट कत्ति पनि चिन्तित भएर विचलित नहुनसमेत पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । स्थानीय तहको निर्वाचनमा अपेक्षित सफलता पाउन नसक्नुमा पार्टीका एजेण्डा जनस्तरसम्म पु¥याउन नसक्नु, पार्टी संगठन कमजोर र निर्वाचनका लागि तयारी गर्न नसक्नु मुख्य कारण रहको उहाँको भनाइ थियो । 

कार्यक्रममा सहमहामन्त्री हेमजंग गुरुङ, केन्द्रीय सदस्यहरू तोरणबहादुर गुरुङ, भिमसेन गुरुङ, कुलबहादुर गुरुङलगायतका वक्ताहरूले पार्टीको गतिविधिका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो । 

दुई दिनसम्म चल्ने सम्मेलनमा यस क्षेत्रका १६ वटै जिल्लाका जिल्ला, क्षेत्र, नगर र गाउँस्तरका अध्यक्षहरूको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य