काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले हालै पानी नपरेपछि संकटग्रस्त क्षेत्र पुगेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेकी छन्। आज सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्ताव राख्दै उनले हेलिकप्टर चढेर सुक्खा मधेस पुगेर फर्किएका प्रधानमन्त्रीलाई कटाक्ष गरेकी हुन्।
‘खडेरी पर्यो भनेर हेलिकप्टरमा हेर्न जादैमा मधेशमा पानी आउँदैन,’ उनले भनिन्, ‘यहाँ चुरेको कुरा जोडिन्छ। मधेशमा भएको अभावलाई हेरौँ यसमा जोडिन्छ। निर्वाचनदेखि निर्वाचन सोचेर हुँदैन।’
प्रधानमन्त्री ओली यही साउन ७ गते हेलिकप्टर चढेर सुक्खा मधेस पुगेका थिए।
त्यस्तै उनले सरकारमा रहेकाहरूले नै सार्वजनिक जग्गामा आँखा लगाउने गरेको भन्दै ध्यानाकर्षण गराइन्। उनले वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित दफा तत्काल खारेज गर्न पनि आग्रह गरिन्।