२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकता प्रयासमा माओवादी र समाजवादी अध्यक्षस्तरमै, बाँकी बेखबर

२०८२, १४ श्रावण मंगलवार १२:०६

काठमाडौँ | नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताकाबारेमा छलफल भएको छ। आइतबार र सोमबार भेटघाट गरेका अध्यक्षद्वयले पार्टी एकताका बारेमा घनिभूत छलफल गरेको उनीहरू निकट स्रोतले जानकारी दियो।

उनीहरूले यस्तो छलफलमा पार्टीका दोस्रो तहका नेताहरूलाई भने मिसाउने गरेका छैनन। ‘यो अध्यक्षहरूको तहको छलफल हो,’ स्रोतले भन्यो, ‘उहाँहरूबीच एउटा समझदारी बन्यो भने तल पनि सर्कुलेशन होला।’

 

पार्टीका उपमहासचिव जनार्दन शर्माले खुलेआम चुनौति दिन थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र संकट महसुस गरिरहेका छन् । समाजवादीका अध्यक्ष नेपालले पनि अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि सहज मानिरहेका छैनन्।

सरकार परिवर्तनका लागि गरिएको प्रयास समेत असफल भएपछि दुबै नेताहरूले सरकार र प्रतिपक्षी दुवैतिरको मोर्चामा आफूलाई कमजोर ठानेकाले पार्टी एकताको प्रयासस्वरूप छलफललाई घनिभूत बनाएको एक नेताले बताए। ‘शेखर कोइरालाको पछि लागेपछि कांग्रेस सभापति शेरबहादुर देउवा पनि उहाँहरूसँग सन्तुष्ट हुनुहुन्न,’ ती नेताले भने, ‘समाजवादी मोर्चामा पनि यी दुबै नेताबाट अभियान अघि बढाउन कुनै अपिल हुन सक्दैन भनेर विप्लवजीले भन्दै आउनुभएको छ। पार्टीभित्र र बाहिरको प्रहारबाट बच्न नेताहरूले पार्टी एकताबारे छलफल गर्दै आएका छन्।’

गत माघमा बसेको माओवादीको केन्द्रीय कमिटी बैठकले विप्लवले नेतृत्व गरेको नेकपा, नेपाल समाजवादी लगायत पूर्व माओवादी घटकसँग तुरून्तै पार्टी एकता गर्ने र नेकपा एकीकृत समाजवादीसँग एकताको पहल गर्ने निर्णय गरेको थियो।

एकीकृत समाजवादीले भने महाधिवेशनबाटै माओवादी केन्द्रसँग एकता हुन नसक्ने प्रस्ताव पारित गरेको थियो। तर केन्द्रीय कमिटी बैठकपछि कुनै पहल नगरेको भन्दै नेकपाले माओवादी केन्द्रसँग एकताको संभावना सकिएको निष्कर्ष निकालेको छ। नेकपाका महासचिव विप्लवले समाजवादी मोर्चाको औचित्य नभएको भन्दै विघटन गर्न प्रस्ताव गरेपछि नेताहरू झस्किएका थिए। त्यसपछि उनीहरूले पार्टी एकताको छलफललाई तीब्रता दिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी