2026-09-13 05:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एमाले विरुद्धमा यी ४ प्रकारका शक्तिहरू कूप्रचारमा लागेका छन्-प्रधानमन्त्री ओलीको विश्लेषण

काठमाडौँ | ‘हाम्रा विरुद्ध गोयवल्स शैलीमा सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई दुरुपयोग गरिरहेका छन्, दृढतापूर्वक प्रतिवाद गर्नुपर्छ’
काठमाडौं । प्रधानमन्त्री समेत रहेको एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समयमा पार्टी र आफू विरुद्धमा सुनियोजित रूपमा हमला भइरहेको बताएका छन्।

पार्टीको हालै बसेको केन्द्रीय कमिटीको निर्णयसहित अन्तरपार्टी निर्देशन १२ जारी गर्दै पार्टीविरुद्ध किन हमला भइरहेको छ भन्ने बुझेर सशक्त प्रतिवाद गर्न निर्देशन दिएका छन्।

भनिएको छ, ‘हाम्रा विरुद्धमा चार प्रकारका शक्तिहरू केन्द्रित भएर कूप्रचारमा लागेका छन् । उनीहरू गोयवल्स शैलीमा आम सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई हाम्रा विरुद्धमा दुरुपयोग गरिरहेका छन् । पार्टी र नेतृत्वका विरुद्धमा रहेका यसप्रकारका शक्तिहरूले गरिरहेको षडयन्त्रपूर्ण र नियोजित हमलाको सिङ्गो पार्टीपंक्तिले दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ । गलत प्रवृत्तिको सशक्त प्रतिरोधबाट नै हामीले ‘मिसन ८४’ का लागि अनुकूल आधार तयार पार्न सक्दछौँ ।’

यस्तो छ ओलीको विश्लेषण

पहिलो – हाम्रो देशभक्तिपूर्ण अडान र भूमिका मन नपराउने शक्ति । जो आफ्नो प्रभुत्व र स्वार्थका लागि नेपालमा देशभक्त पार्टी र नेतृत्वलाई कमजोर बनाउन चाहन्छ । त्यसका लागि उसले आफ्नो प्रभावलाई हाम्रा विरुद्धमा परिचालित गरेको देखिन्छ । पार्टीले त्यसप्रकारको हमलाको सुरुदेखि नै प्रतिवाद गरेर नै पार्टीलाई यहाँसम्म ल्याउन सफल भएको हो ।

दोस्रो – नेपालमा राजसंस्था पुनः स्थापनाको सपना देखेका प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरू । उनीहरू हाम्रा कारणले उनीहरूको चाहना पुरा नभएका ठान्दछन् र हाम्रा विरुद्धमा केन्द्रित छन् ।

तेस्रा – नेकपा (एमाले) नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति बनेको र हाम्रा कारणले उनीहरूको सत्ता राजनीतिको ‘म्याजिक नम्बर’ औचित्यहीन बनेको र भूमिका खोसिएको ठानेर विछिप्त छन् । उनीहरू हाम्रा विरुद्धमा अराजनीतिक र आपराधिक तरिकाबाट छद्मरूपमा हमला गरिरहेका छन् ।

चौथो – नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोकेका शक्तिहरू । उनीहरू लोकप्रियतावाद र अराजकतावादको सहारा लिएर अघि बढ्न खोजिरहेका छन् । उनीहरू आफ्नो उद्देश्य पुरा गर्नका लागि नेकपा ९एमाले०ले बाधा पुर्‍याउने ठानेर हाम्रा विरुद्धको कूप्रचारमा केन्द्रित छन् । नीतिविहीन लोकप्रियतावाद र अराजकतावादले नेपाली समाजमा पुर्‍याउनसक्ने क्षतिका बारेमा हाम्रो पार्टी सचेत र स्पष्ट छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले