By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    17 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    18 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    23 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नेकपा एमालेमा पूर्वराष्ट्रपति भण्डारीबारे बहसमा प्रतिबन्ध,पार्टी झण्डाको रङ फेर्ने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नेकपा एमालेमा पूर्वराष्ट्रपति भण्डारीबारे बहसमा प्रतिबन्ध,पार्टी झण्डाको रङ फेर्ने
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

नेकपा एमालेमा पूर्वराष्ट्रपति भण्डारीबारे बहसमा प्रतिबन्ध,पार्टी झण्डाको रङ फेर्ने

साझासवाल
Last updated: July 29, 2025 3:11 pm
साझासवाल
5 Min Read
Share

काठमाडौँ | नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका नाममा पार्टीभित्र हुँदै आएको बहसमा पूर्ण प्रतिबन्ध लगाउनेदेखि पार्टी झण्डामा रहेको रङ परिवर्तनसम्मको प्रस्ताव गरेको छ ।

भण्डारीबारे यसअघि भइरहेका बहस र छलफलले पार्टी एकतालाई कमजोर बनाउने भन्दै यस्ता बहस र छलफलमा साउन १२ पछि रोक लगाएको आधिकारिक दस्तावेजमार्फत नै एमालेले जनाएको छ ।

गत साता सम्पन्न केन्द्रीय कमिटीको नवौं बैठकका निर्णयसहितको अपानि १२ मातहतका कमिटीलाई पठाउँदै एमालेले पूर्वराष्ट्रपति भण्डारीसँग जोडेर हुँदै आएको बहस र विवाद केन्द्रीय कमिटीले उपयुक्त निर्णय गरी समाधान गरेको उल्लेख गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको अपानि १२ मा ‘अबदेखि उक्त विषयमा थप छलफल र बहस गरेर सम्माननीय पूर्वराष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम कसैले पनि नगर्न’ निर्देशन दिइएको छ ।

‘पछिल्लो समयमा सम्माननीय पूर्वराष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउने गरी सुरु भएको बहस र विवादलाई केन्द्रीय कमिटीको नवौ बैठकले उपयुक्त निर्णय गरी समाधान गरेको छ’, एमालेले जारी गरेको अपानिमा भनिएको छ, ‘अब उक्त विषयमा थप छलफल र बहस गरेर सम्माननीय पूर्व राष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम कसैले पनि गर्नु हुँदैन ।’

एमाले केन्द्रीय कमिटीको नवौं बैठक साउन ६ र ७ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको थियो । उक्त बैठकमा विद्या भण्डारी सक्रिय राजनीतिमा आउन हुने कि नहुने भन्ने मत प्रकट भएका थिए । केन्द्रीय कमिटीअघि सचिवालय र पोलिटब्युरो बैठकमा समेत विद्याबारे चर्को मतभेद भएपछि केन्द्रीय कमिटीले यस्तो निर्णय गर्न पुगेको हो ।

 

पार्टीभित्र पूर्वराष्ट्रपति भण्डारीबारे थप व्याख्या गर्न एमालेले पछिल्लो अपानिमा छुट्टै शीर्षक नै राखेर नेता, कार्यकर्ताहरुलाई सजक र सतर्क गराएको हो । ‘सम्माननीय पूर्वराष्ट्रपति पार्टी राजनीतिमा संलग्न हुने सन्दर्भ’ भन्ने शीर्षकमा एमालेले भण्डारीबारे डेढ पेज लामो व्याख्या गरेको छ ।

‘गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आवद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन,’ अपानिमा एमालेले यस्तो तर्क गरेको छ । एमालेले पूर्वराष्ट्रपति भण्डारी संविधानको परिकल्पनाअनुसार राजनीतिमा फर्किन नमिल्ने दाबी गरेको छ । यद्यपि, एमालेले भण्डारीबारे पार्टी विधानको दफा, उपदफा भने कतै उल्लेख गरेको छैन ।

गणतन्त्रको गौरव र गरिमा कायम राख्नकै लागि एमालेले गत वर्ष पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिएको तथा पहिलो राष्ट्रपति डा. रामवरण यादव समेत सक्रिय राजनीतिमा नआएको दृष्टान्त स्मरण गराएको छ ।

‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एक सम्मानित नाम हो । हिजो आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमा र उपाध्यक्षको ओहोदामा रहँदा होस् या सम्मानित राष्ट्रपतिको जिम्मेवारीमा रहँदा, उहाँले अत्यन्त गरिमामय ढंगले ती ओहोदाहरुलाई उचित, न्याय र उत्कृष्ट कार्य सम्पादन गर्नुभएको छ,’ अपानि १२ एमा एमालेले भनेको छ, ‘नेपालमा लैंगिक समानता र समावेशिताको आइकनका रुपमा रहनुभएको उहाँलाई उहाँका यिनै योगदानका कारण गत वर्ष नेपाल कम्युनिस्ट पार्टीको हीरक वर्ष समारोहमा ‘गणतन्त्र गौरव’को रुपमा सम्मान गरेको सन्दर्भ यहाँनिर स्मरणीय छ ।’

‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रुपमा सम्मानित भएर बस्नुपर्दछ,’ एमालेले आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ, ‘सक्रिय राजनीतिमा आउनु हुन्न ।’

सिङ्गै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता बनाउन नमिल्ने एमालेको ठहर छ । ‘अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनु हुँदैन । पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्र गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो,’ अपानिमा लामो व्याख्या गर्दै एमालेले कारणहरुसहित विद्या भण्डारीको सदस्यता नवीकरण नगरेको उल्लेख गरेको छ । ‘उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन,’ ओलीले जारी गरेको अपानिमा भनिएको छ ।

विधान संशोधन मस्यौदामा ७० वर्षे उमेर हद र नेतृत्वमा दुई कार्यकाल हटाउनेदेखि पदाधिकारी संख्या घटाउने तथा पार्टी सदस्यता दुई किसिमका हुने, १५ सदस्यीय पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने लगायत विधानमा उल्लेख्य फेरबदल गर्न लागेको एमालेले पार्टी झण्डामा रहेको हँसिया–हथौडाको सेतो रङ समेत परिवर्तन गर्ने भएको छ । जसमा सेतो रङको साटो सुनौलो हुनेछ । अहिले एमालेको झण्डामा रातो पृष्ठभूमिभित्र सेतो रङमा हँसियाहतौडा अंकित छ ।

‘अनुसूची–१ मा उल्लेखित पार्टीको झण्डाको हँसिया–हथौडाको सेतो रङलाई सुनौलो बनाउने’, एमालेको प्रस्ताव छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मन्त्री चढेको दुई गाडी आपसमा ठोक्किए
Next Article आणविक हतियार त्याग्न बाध्य नपार्न अमेरिकालाई उत्तर कोरियाको चेतावनी

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

अस्ट्रेलियाको सपना, इन्डोनेसियामा अलपत्र

57 years ago
काठमाडौँ - KTMलेख

राजनीतिक नेतृत्व जनताका सेवक हुन्, मालिक होईनन्

57 years ago
अर्घाखाँची - AGKराजनीति

अर्घाखाँचीका मतदाताले पत्याएनन् टेष्टेड अनुहार

57 years ago
कास्की - KSKमुख्य समाचार

मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक

2 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?