2026-07-27 11:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हामी राजनीति गर्दैछौं,हामीहरूले विभिन्न भेट गरिरहनुपर्छ’ त्यसमा प्रश्न किन – नेता शेखर कोइराला

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति भइसकेको व्यक्तिलाई पुन: राजनीतिमा सक्रिय नहुन सुझाव दिएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन् । ‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिहरू फर्कने कुरा संविधानले त जे गरेपनि हुन्छ भनेर दिएको छ,’ उनले भने, ‘मलाई सोध्नुहुन्छ भने नफर्केको राम्रो । तर फर्कन त कसले रोक्न सक्छ र ?’

उनले आफू राजनीतिमा सक्रिय भएको व्यक्ति भएकाले राष्ट्रपति लगायतका विशिष्ट अधिकारीसँग बेला बेला भेट भइरहेने बताए । सोही प्रक्रिया अन्तर्गत पूर्वराष्ट्रपति भण्डारीसँग पनि भेटवार्ता गरेको उनको भनाइ थियो ।

 

‘हामी राजनीति गर्दैछौं । हामीहरूले विभिन्न भेट गरिरहनुपर्छ । म प्रतिप्रश्न गर्छु नेपाली कांग्रेस र माओवादी जब सरकारमा थियो त्यतिबेला मैले ओलीजीलाई भेटिरहेको थिएँ,’ कोइरालाले भने, ‘त्यतिबेला कहिल्यै प्रश्न गर्नुभएन । त्यतिबेला पनि छलफल गरेको हो । त्यस्तै छलफल अहिले पनि राजनीतिक दल र नेताहरूबीच भएको हो । लुकेर कसैले भेट गर्छन् होला तर म त्यसमा विश्वास गर्दिनँ ।’

उनले थप भने, ‘राष्ट्रपति हुँदा पनि भेटेको थिएँ । राष्ट्रपति छाडेपछि पनि निवासमै गएर भेटेको थिएँ । यो पनि त्यस्तै भेट मात्रै हो ।’

संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति कार्यालयबाट फर्कनु लोकतन्त्रका लागि खतरनाक भएको पनि बताए ।

‘राष्ट्रपतिज्यूले एउटा ऐनलाई फेरि संसद्मा फर्काउनुभयो । यो गम्भीर विषय हो । संवैधानिक परिषद्मा ६ जना वरिष्ठ व्यक्तिहरू त्यसको सदस्य हुनुहुन्छ,’ कोइरालाले भने, ‘हामीले जुन लगेका थियौं, त्यो पास गरिदिएको भए हुन्थ्यो । त्यो पास नगरी अपर हाउसले ३ जना भइदिए बहुमत हुन्छ भनिदियो । यो लोकतन्त्रका लागि अत्यन्तै खतरानाक कुरा छ ।’

‘सरकार ०८४ सम्मै चलोस्’

उनले वर्तमान सरकार ०८४ सम्म नै चलोस् भन्ने आफ्नो चाहना रहेको बताए । ‘हामी चाहन्छौं यो सरकार ०८४ सम्म जाओस् । तर सरकार राम्रोसँग चलोस्,’ उनले भनेका छन् । कोइरालाका अनुसार वर्तमान सरकार राम्रोसँग चल्न भने सकेको छैन ।

‘यो राम्रोसँग चल्न सकेको छैन,’ उनले भने । सुशासनको विषमया आफूले जति अरु कसैले पनि नबोलेको उनले बताए । ‘सुशासनको कुरामा मैले जति बोलेको छु अरु कसैले बोलेको छैन । भ्रष्टाचारका कुरामा होस् वा लिचीबारीको कुरा होस् । राजनीति गर्ने व्यक्तिमा केही न केही त नैतिकता हुनुपर्छ,’ उनले भने ।

उनले सरकार परिवर्तन गर्नुको कारण जनतालाई पुष्टि गर्नुपर्ने पनि बताए । ‘जुन कारणले सरकार बदल्यौं त्यो कारण जनतालाई पुष्टि गर्न सक्नुपर्छ । अनि मात्रै हामी सफल हुन्छौं । अहिलेसम्म त्यो पुष्टि गर्न सकेका छैनौं,’ कोइरालाले भने । भूमिसम्बन्धी विधेयक संसदीय समितिमा छलफल भएर निर्णय होस् भन्ने आफूहरूको चाहना रहेको उनले बताए ।

‘भूमि विधेयक एमालेले आजको आजै संसद्बाट पास गरौं भन्यो । हाम्रा महामन्त्रीद्वय र अन्य सांसदहरूले संशोधन प्रस्ताव हाल्नुभएको छ,’ उनले भने, ‘यो विधेयक समितिमा गएर छलफल होस् र जे निर्णय हुन्छ त्यसलाई हामी मानौं भन्ने हाम्रो भनाइ हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ