2026-08-23 01:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युवतीहरू “चोरी” गरेपछि जेफ्री एपस्टाइनसँग सम्बन्ध बिग्रियो: राष्ट्रपति ट्रम्प

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मार-ए-लागो बीच क्लब स्पामा काम गर्ने युवतीहरू “चोरी” गरेपछि जेफ्री एपस्टाइनसँग सम्बन्ध बिग्रिएको बताएका छन् ।

स्कटल्यान्ड भ्रमण सकेर फर्कने क्रममा ट्रम्पलाई एपस्टाइनसँगको सम्बन्धबारे सोधिएको थियो । जवाफमा उनले भने, “एपस्टाइनले मार-ए-लागो बीच क्लब स्पामा मेरा लागि काम गर्ने केही लगे । मैले अब नगर भनेँ । तर, उनी रोकिएनन् । त्यसपछि सम्बन्ध बिग्रिएको हो ।”

 

कर्मचारीहरू युवती हुन् कि भनेर सोध्दा ट्रम्पले भने – हो । ट्रम्पले थपे, “तीमध्ये एक भर्जिनिया गिफ्रे थिइन्, जसले सन् २००० को गर्मीमा मार-ए-लागोमा काम गर्न थालेको बताएकी थिइन्, जब उनी १६ वर्षकी थिइन् ।”

सन् २०१९ मा खोलिएका अदालतका कागजातहरू अनुसार गिफ्रेले आरोप लगाएकी छिन्, “म स्पामा काम गरिरहेको बेला एपस्टाइनलाई मसाज दिन घिसलेन म्याक्सवेलले मलाई भर्ती गरेकी थिइन् ।”

गिफ्रेले बेलायती राजकुमार एन्ड्रयू र एपस्टाइनमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्, जुन आरोप दुवैले अस्वीकार गरेका थिए । यस वर्षको सुरुमा अष्ट्रेलियामा उनले आत्महत्या गरेर मृत्युवरण गरिन् ।

एपस्टाइनकी पत्नी घिसलेन म्याक्सवेलको कानुनी टोलीले कडा कानुनी सुरक्षा प्रदान गरिएमा मात्र मुद्दाको बारेमा के थाहा छ भन्नेबारेमा अमेरिकी कंग्रेससमक्ष बयान दिने संकेत गरेपछि ट्रम्पको यस्तो कुरा आएको हो ।

एपस्टाइन मुद्दामा थप खुलासाका लागि सार्वजनिक दबाबका बीचमा २० वर्षको जेल सजाय भोगिरहेकी म्याक्सवेललाई अगस्ट ११ मा सांसदहरूसमक्ष बयान दिन बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो