२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कारको मुद्दा रोक्न युवतीलाई ३ लाख दिएको हु :पूर्वप्रदेश प्रमुख राजेश झाको बयान

१५ श्रावण २०८२, बुधबार १६:४२

काठमाडौँ | बलात्कारको आरोपमा पक्राउ परेका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराजले मुद्दा रोक्नका लागि लाखौँ रकम खर्च गरेको प्रहरीसँग स्वीकार गरेका छन् । अहिराजका अनुसार उनले जाहेरीकर्ता २३ वर्षीया युवतीलाई एकमुष्ट नै ३ लाख रुपैयाँ दिएका थिए ।

प्रहरीसँगको बयानमा अहिराजले आफूले बलात्कार भने नगरेको दाबी गरेका छन् । तर, यत्रो रकम के परिबन्दमा परेर दिनुपर्‍यो भन्ने उनको बयानबाट प्रष्ट हुँदैन । प्रहरीले यसलाई पनि उनीमाथि शंकाको आधार बनाएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘जाहेरीकर्ताले आफूलाई झूटा मुद्दा हाल्ने धम्की दिएकाले ३ लाख रुपैयाँ उनलाई दिएको अहिराजले स्वीकारेका छन् । यदि आफूबाट कुनै गल्ती भएको छैन भने यत्रो रकम कसैले यत्तिकै खर्चिँदैन ।’

बयानमा अहिराजले युवतीसँग आफ्नो पारिवारिक चिनजान रहेको बताएका छन् । युवतीले पाइलट कोर्स गर्न विदेश जाने इच्छा गर्दै आफूसँग २० लाख रुपैयाँ मागेको र आफूले पनि वचन दिएको उनको भनाइ छ । तर, युवतीको भिसा नलागेपछि उनी तनावमा परेको अहिराजले बताएका छन् ।

सो पश्चात् नेपालमै व्यवसायी गर्ने भनी २० लाख रुपैयाँको लागि ताकेता गरेको तर आफूले दिन नसकेको अहिराजको बयानमा उल्लेख छ । पैसा नपाएकै रिसमा युवतीले आफूलाई बलात्कार मुद्दा लगाउने प्रपञ्च गरेको उनले दाबी गरेका छन् ।

मुद्दा लगाइदिने भनेर फोन र ह्वाट्सएपमा म्यासेज पठाएर लगातार टर्चर दिएपछि आफूले ३ लाख रुपैयाँ उनलाई दिएको अहिराजले स्वीकार गरेका छन् । आफैँले उनलाई होस्टलबाट गाडीमा राखेर भिमसेनगोलाको सनराइज बैकमा पुर्याइ तीन लाख रुपैयाँको चेक उनको खातामा जम्मा गरिदिएको र फेरि आफ्नै गाडीमा फर्काएको समेत उनको बयान छ ।

बयानमा भनिएको छ- जाहेरवालाले ह्वाट्सएपको च्याटमार्फत बेला–बखतमा पैसा माग गर्ने र नदिएमा मलाई झुट्टा मुद्दामा फसाइदिन्छु भनी धम्की दिन थालिन् । निजको पटक–पटकको मानसिक दबाबको कारण दिक्क भएर मैले निजलाई थोरै पैसा दिन सक्ने भनेर कुराकानी गरेँ । २०८१ सालको भाद्र १८ गते ह्वाट्सएपमार्फत आफ्नो लक्ष्मी सनराईज बैंकको खाता नं. उनले लेखिपठाइन् । १९ गते मसँग निजले पैसाको ताकेता गर्न थालिन् । भदौ २३ गते आइतबार निजले आफ्नो होस्टेल अगाडि आएर मेरो गाडीमा बसी भिमसेनगोला चोकस्थित लक्ष्मी सनराइज बैंकमा मैले दिएको तीन लाख रुपैयाँ आफ्नो खातामा जम्मा गरी मलाई स्लिप देखाई मेरो गाडीमा बसेर फर्किन् ।

मुद्दा रोक्नका लागि यसरी पैसा दिनुले नै अहिराजमाथिको आरोप बलियो हुने प्रहरीअधिकारीहरुको बुझाइ छ । प्रहरीले देखाएको अर्को आधार भनेको जाहेरीकर्ता युवतीको मेडिकल रिपोर्ट हो ।

प्रहरी प्रतिवेदनमा उल्लेख भए अनुसार २६ परिसर (प्रहरीले दिएको नाम) को यौनजन्य परीक्षणका क्रममा hymen: old tear (कन्याजाली च्यातिएको) पाइएको छ । कन्याजाली च्यातिनुका विभिन्न कारण हुन सक्छन्, जसमध्ये यौनसम्बन्ध एउटा हो । बारदातका सम्बन्धमा जाहेरी मिलानको ब्यहोरा पीडितले यौनजन्य परीक्षणका क्रममा लेखाएको देखिएबाट राजेश अहिराजले २६ परिसर उपर जबरर्जस्ती करणी गरेको तथ्य सप्रमाण स्थापित हुन आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना भएको २०८१ साल जेठ ४ गते हो । बिहान ९ बजेको समयमा परिसर २६ परिसरको कोठामा गई जबरजस्ती करणी गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । घटनास्थलको मुचुल्काले पनि पीडितको दाबीलाई समर्थन गरेको प्रहरीको भनाइ छ ।

यो मुद्दामा उमेरको विवाद भने छैन । जाहेरीकर्ता पक्षबाटै नाबालिग दावी नगरिएको हुँदा जबरजस्तीमा वा गलत प्रभावमा पारेर सम्बन्ध राखेको प्रमाणित गर्नुपर्ने चुनौती छ । यदि आपसी सहमतिमै सम्बन्ध कायम भएको देखियो भने बलात्कार ठहरिँदैन ।

सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को खण्ड (ङ) बमोजिम मैद सजाय तथा उपदफा (३क) को खण्ड (ग) बमोजिम जरीवाना गराई सो जरिवाना रकम पीडित राहत कोषमा दाखिला गराउन माग गरेको छ ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ मा जबरजस्ती करणी गर्ने व्यक्तिलाई हुने सजायबारे उल्लेख छ । जसअनुसार १८ वर्षभन्दा बढी उमेरकी युवती वा महिलालाई बलात्कार गर्दा सात वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुन्छ । यस्तै, तीन लाख रुपैयाँ जरिवानाको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो