३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हार्दिकपछि ऐरी: आइसिसी टी–२० अलराउन्डरमा ऐरी ठूलो छलाङ,ब्याटरको वरीयतामा पनि ऐरी

१५ श्रावण २०८२, बुधबार १७:२२

काठमाडौँ | आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा उक्लिएका छन्। नयाँ विश्व वरीयताको सूचीमा ऐरी एक स्थान माथि उक्लिएका हुन्। यो सूचीको शीर्ष स्थानमा भारतका हार्दिक पाण्ड्या छन्।

यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका रोस्टन चेज सात स्थान तल झर्दै नवौं स्थानमा पुगेपछि ऐरीको वरीयता सुधार आएको हो।

तेस्रो स्थानमा उक्लिएका इंग्ल्यान्डका लियाम लिभिङस्टोनले पनि तीन स्थान फड्को मारे। चौथो स्थानका वेस्ट इन्डिजका रोमारियो सेफर्ड र पाँचौ स्थानका श्रीलंकाका विनन्दु हसरंगाले क्रमश: एक र दुई स्थान फड्को मारे।

यता टी-२० को बलरको वरीयतामा नेपालका बलरमा ललित राजवंशी ५६औं, सन्दीप लामिछाने ७६औं र दीपेन्द्रसिंह ऐरी ८१औं स्थानमा छन्। ब्याटरको वरीयतामा दीपेन्द्रसिंह ऐरी ६३औं, रोहित पौडेल ६७औं, आसिफ शेख ७८औं र कुशल भुर्तेल ७८औं स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली