2026-06-26 01:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘अप्रेसन सिन्दूर? कि अपमान सिन्दूर?’ – जया बच्चनको मोदी लक्षित टिप्पणी

काठमाडौँ | भारतको समाजवादी पार्टीकी सांसद तथा वरिष्ठ अभिनेत्री जया बच्चनले नरेन्द्र मोदी सरकारप्रति आक्रामक अभिव्यक्ति दिँदै ‘अप्रेसन सिन्दूर’को नामप्रति नै आपत्ति जनाएकी छन् । पहलगाम आतंकी हमलापछि भारतले पाकिस्तानमाथि गरेको युद्धलाई अप्रेसन सिन्दूरको नाम दिएको छ ।

बुधबार भारतको माथिल्लो सभा राज्यसभामा सम्बोधन गर्दै जया बच्चनले पहलगाम आतंकवादी हमलापछि भारतको प्रतिशोधात्मक कारबाहीलाई अप्रेसन सिन्दूर नामकरण गरिएकोमा प्रश्न उठाएकी हुन् ।

 

बच्चनले भनिन्– जे भयो सबै कुरा फिक्सन जस्तो भयो । केही मान्छे आए, त्यति ठुलो हत्याकाण्ड मच्चाए । एकतर्फ म तपाईहरुलाई बधाई दिन्छु, तपाईहरुले यस्ता लेखकहरूलाई राख्नुभएको छ । तपाईंहरूले भव्य नाम दिनुहुन्छ। यो अप्रेसनको नाम ‘सिन्दूर’ किन राख्नुभयो ? जबकि सिन्दूर त उजाडियो । जो मारिए, जसका पत्नी विधवा भए सिन्दूर त उजाडियो ।

अभिनेत्री बच्चनले मोदी सरकारले संविधानको धारा ३७० खारेज गरेपछि कश्मीरमा आतंकवाद खत्तम भयो भनेर ढोल पिटेको स्मरण गराइन् । मोदी सरकारको भरोसा मानेर यात्री कश्मीर जाँदा यति ठुलो घटना भएको भन्दै उनीहरूले मोदी सत्तालाई कहिल्यै माफ नगर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ