२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तोसिमा कार्कीले खुलाइन् भैरहवा बैठकमा नजानुको कारण ,कारण यस्तो

१६ श्रावण २०८२, बिहीबार १४:०८

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले बुधबार भैरहवामा सम्पन्न पार्टीको संसदीय दलको बैठकमा उपस्थित नभएको बारे स्पष्ट गरेकी छन् । सांसद तोसिमा संसदीय दलको बैठकमा उपस्थित नभएको विषय मिडिया र सामाजिक सञ्जालमा उठेपछि उनले स्पष्ट गरेकी छन् । तोसिमाले आफ्ना बुबा आमा कार दुर्घटनामा परेको कारणले काठमाडौँ उपत्यका छोड्न नसकेको स्पष्ट गरेकी हुन् ।

उनले भनेकी छन्-

रुपन्देहीमा भइरहेको संसदीय दलको बैठकमा अनुपस्थितीको समाचारहरू बनाउन भ्याइसक्नुभएछ । व्यक्तिगत र पारिवारिक विषय सामाजिक सञ्जालमा नराखौं सोचेको थिए, तर यहाँहरुबाट टिकाटिप्पणी र संकास्पद प्रश्न नै सुरु भएपछि मैले भन्न कर लाग्यो ।

म अमेरिकाको भ्रमणबाट नेपाल फर्कने बित्तिकै, ‌करिब १५ -१८ दिन अगाडि मेरो बुवा र आमा दुवै जनाको कारमा ठूलो दुर्घटना भयो । ‌कारको चारवटै एयरब्याग निस्कने गरी, रातिको समयमा त्यहाँका स्थानीय युवाहरूले कारको ढोका फोडेर बुवाआमालाई उद्धार गर्नुभएछ र प्रहरीले बुवाआमालाई अल्का अस्पताल पुर्‍याउनुभएको रहेछ । म अस्पताल पुगेर, आकस्मिक उपचारपछि थप उपचारको लागि बुवा आमालाई पाटन अस्पतालमा लगि भर्ना गरे र त्यहाँको एचडीयुमा करिब १० दिन राखेर उपचार गरी घर ल्याएको छु । बुवाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ । आमाको छातीमा पाँचवटा करङ भाँचिएको र छातीमा रगत जमेको कारणले अझै पनि बेडरेस्टमा हुनुहुन्छ ।

म आफू नै सर्जन भएको कारणले मैले आफ्नै निगरानीमा घरमै अस्पतालको बेड र सामग्रीहरू राखेर आमाको थप उपचार गराइरहेको छु । यसै कारणले म यहाँ संसद, सिंहदरबार र काठमाडौँ उपत्यकाभित्रका बैठक तथा कार्यक्रमहरूमा साथै जनता माझ पनि समय मिलाउदै निरन्तर उपस्थित भइरहेकोछु तर काठमाडौँ उपत्यका छाडेर भने अझ केही हप्ता बाहिर जान नसक्ने व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु । अहिले रूपन्देहीमा भइरहेको बैठकमा म सहभागी हुन नसक्ने कुरा संसदीय दलको नेता, उपनेता, ‌ कार्यवाहक सभापति, प्रमुख सचेतक लगायत सम्पूर्ण संसदीय दललाई अवगत नै छ । तर मलाई पटकपटक प्रश्न आउन र टिका टिप्पणी सहित समाचार नै बन्न थालेपछि मैले यहाँहरू सबैमा जानकारी गराउन बाध्य भए ।

त्यो रातिको समयमा, त्यस्तो आकस्मिक घडीमा मेरो बुवाआमालाई दुर्घटना भएको कारको ढोका फोडेर बाहिर निकाली उद्धार गर्नुहुने र अस्पताल पुर्याईदिनुहुने युवाहरू तथा प्रहरी साथीहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो