२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तोसिमा कार्कीले खुलाइन् भैरहवा बैठकमा नजानुको कारण ,कारण यस्तो

२०८२, १६ श्रावण बिहीबार १४:०८

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले बुधबार भैरहवामा सम्पन्न पार्टीको संसदीय दलको बैठकमा उपस्थित नभएको बारे स्पष्ट गरेकी छन् । सांसद तोसिमा संसदीय दलको बैठकमा उपस्थित नभएको विषय मिडिया र सामाजिक सञ्जालमा उठेपछि उनले स्पष्ट गरेकी छन् । तोसिमाले आफ्ना बुबा आमा कार दुर्घटनामा परेको कारणले काठमाडौँ उपत्यका छोड्न नसकेको स्पष्ट गरेकी हुन् ।

उनले भनेकी छन्-

रुपन्देहीमा भइरहेको संसदीय दलको बैठकमा अनुपस्थितीको समाचारहरू बनाउन भ्याइसक्नुभएछ । व्यक्तिगत र पारिवारिक विषय सामाजिक सञ्जालमा नराखौं सोचेको थिए, तर यहाँहरुबाट टिकाटिप्पणी र संकास्पद प्रश्न नै सुरु भएपछि मैले भन्न कर लाग्यो ।

म अमेरिकाको भ्रमणबाट नेपाल फर्कने बित्तिकै, ‌करिब १५ -१८ दिन अगाडि मेरो बुवा र आमा दुवै जनाको कारमा ठूलो दुर्घटना भयो । ‌कारको चारवटै एयरब्याग निस्कने गरी, रातिको समयमा त्यहाँका स्थानीय युवाहरूले कारको ढोका फोडेर बुवाआमालाई उद्धार गर्नुभएछ र प्रहरीले बुवाआमालाई अल्का अस्पताल पुर्‍याउनुभएको रहेछ । म अस्पताल पुगेर, आकस्मिक उपचारपछि थप उपचारको लागि बुवा आमालाई पाटन अस्पतालमा लगि भर्ना गरे र त्यहाँको एचडीयुमा करिब १० दिन राखेर उपचार गरी घर ल्याएको छु । बुवाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ । आमाको छातीमा पाँचवटा करङ भाँचिएको र छातीमा रगत जमेको कारणले अझै पनि बेडरेस्टमा हुनुहुन्छ ।

म आफू नै सर्जन भएको कारणले मैले आफ्नै निगरानीमा घरमै अस्पतालको बेड र सामग्रीहरू राखेर आमाको थप उपचार गराइरहेको छु । यसै कारणले म यहाँ संसद, सिंहदरबार र काठमाडौँ उपत्यकाभित्रका बैठक तथा कार्यक्रमहरूमा साथै जनता माझ पनि समय मिलाउदै निरन्तर उपस्थित भइरहेकोछु तर काठमाडौँ उपत्यका छाडेर भने अझ केही हप्ता बाहिर जान नसक्ने व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु । अहिले रूपन्देहीमा भइरहेको बैठकमा म सहभागी हुन नसक्ने कुरा संसदीय दलको नेता, उपनेता, ‌ कार्यवाहक सभापति, प्रमुख सचेतक लगायत सम्पूर्ण संसदीय दललाई अवगत नै छ । तर मलाई पटकपटक प्रश्न आउन र टिका टिप्पणी सहित समाचार नै बन्न थालेपछि मैले यहाँहरू सबैमा जानकारी गराउन बाध्य भए ।

त्यो रातिको समयमा, त्यस्तो आकस्मिक घडीमा मेरो बुवाआमालाई दुर्घटना भएको कारको ढोका फोडेर बाहिर निकाली उद्धार गर्नुहुने र अस्पताल पुर्याईदिनुहुने युवाहरू तथा प्रहरी साथीहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी