2026-07-27 03:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतलाई ठुलो झड्का ,पाकिस्तानलाई फाइदा- ट्रम्पले गरे अहिलेसम्मकै ठूलो सम्झौता

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई २५ प्रतिशत अतिरिक्त कर थोपरेलगत्तै पाकिस्तानसँग ठूलो तेल सम्झौता भएको घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘हामीले पाकिस्तानसँग एउटा महत्वपूर्ण सम्झौता गरेका छौँ। अब अमेरिका र पाकिस्तान मिलेर त्यहाँका विशाल तेल भण्डारहरूको विकास गर्नेछौँ। एक अमेरिकी तेल कम्पनीलाई साझेदार बनाइनेछ।’ उनले बुधबार मात्रै रसियासँग हतियार किनेको आरोपमा भारतमाथि २५ प्रतिशत कर घोषणा गरेका थिए । ‘शायद एक दिन पाकिस्तानले भारतलाई पनि तेल बेच्नेछ’, उनले भने ।

यो भनाइ ट्रम्पले भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको केही घण्टापछि आएको हो । भारतले रूसबाट तेल र हतियार खरिद गरिरहेकाले अब अमेरिकाले पनि ट्यारिफसहित ‘पेनाल्टी’ लगाउने बताएका छन् । यो ट्यारिफ १ अगस्तदेखि लागू हुनेछ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, सन् २०२४ को सेप्टेम्बरमा पाकिस्तानको समुन्द्री क्षेत्रमा ठूलो तेल र ग्याँस भण्डार पत्ता लागेको थियो। यो खोजीमा पाकिस्तानले एक मित्र राष्ट्रको साथमा तीन वर्षसम्म अध्ययन गरेको थियो। प्रारम्भिक रिपोर्टहरूमा यो सम्भावित भण्डार संसारकै चौथो ठूलो हुनसक्छ।

तेल निकाल्न र पूर्वाधार बनाउन ४२ हजार करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । त्यहाँबाट उत्पादन सुरु हुन अझै ४–५ वर्ष लाग्न सक्छ। पाकिस्तानी अधिकारीहरूले यसलाई ‘ब्लू इकोनोमी’ का लागि ऐतिहासिक अवसर भनेका छन्।

अमेरिकाबाट ट्यारिफ घोषणा भएपछि भारत सरकारले संयमित प्रतिक्रिया दिएको छ। विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी अमेरिकी निर्णयको असरलाई गहिरो रूपमा मूल्याङ्कन गरिरहेका छौं। भारतका आर्थिक हित र अन्तर्राष्ट्रिय व्यापार नीतिलाई संरक्षण गर्न आवश्यक सबै कदम चालिनेछ।’

यसअघि नै पाकिस्तान सरकारले ट्रम्पलाई सन् २०२६ का नोबेल शान्ति पुरस्कारका लागि मनोनयन दिएको छ।

भारत–पाकिस्तानबीच उत्पन्न तनावमा ट्रम्पले निर्णायक कूटनीतिक पहल गरेकाले यो मनोनयन गरिएको हो । उनले दुवै देशसँग संवाद गर्दै युद्धको जोखिम कम गर्न भूमिका खेलेको पाकिस्तानको दाबी छ।

ट्रम्पका पछिल्ला निर्णयहरूले दक्षिण एसियाली भू–राजनीतिमा पुनःसन्तुलनको बहस चर्काएको छ। पाकिस्तानसँगको तेल साझेदारी र भारतमाथिको ट्यारिफ एउटै दिनमा घोषणा गर्नुमा गहिरो रणनीतिक सन्देश रहेको चर्चा अहिले भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ