३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतलाई ठुलो झड्का ,पाकिस्तानलाई फाइदा- ट्रम्पले गरे अहिलेसम्मकै ठूलो सम्झौता

१६ श्रावण २०८२, बिहीबार १४:२२

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई २५ प्रतिशत अतिरिक्त कर थोपरेलगत्तै पाकिस्तानसँग ठूलो तेल सम्झौता भएको घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘हामीले पाकिस्तानसँग एउटा महत्वपूर्ण सम्झौता गरेका छौँ। अब अमेरिका र पाकिस्तान मिलेर त्यहाँका विशाल तेल भण्डारहरूको विकास गर्नेछौँ। एक अमेरिकी तेल कम्पनीलाई साझेदार बनाइनेछ।’ उनले बुधबार मात्रै रसियासँग हतियार किनेको आरोपमा भारतमाथि २५ प्रतिशत कर घोषणा गरेका थिए । ‘शायद एक दिन पाकिस्तानले भारतलाई पनि तेल बेच्नेछ’, उनले भने ।

यो भनाइ ट्रम्पले भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको केही घण्टापछि आएको हो । भारतले रूसबाट तेल र हतियार खरिद गरिरहेकाले अब अमेरिकाले पनि ट्यारिफसहित ‘पेनाल्टी’ लगाउने बताएका छन् । यो ट्यारिफ १ अगस्तदेखि लागू हुनेछ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, सन् २०२४ को सेप्टेम्बरमा पाकिस्तानको समुन्द्री क्षेत्रमा ठूलो तेल र ग्याँस भण्डार पत्ता लागेको थियो। यो खोजीमा पाकिस्तानले एक मित्र राष्ट्रको साथमा तीन वर्षसम्म अध्ययन गरेको थियो। प्रारम्भिक रिपोर्टहरूमा यो सम्भावित भण्डार संसारकै चौथो ठूलो हुनसक्छ।

तेल निकाल्न र पूर्वाधार बनाउन ४२ हजार करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । त्यहाँबाट उत्पादन सुरु हुन अझै ४–५ वर्ष लाग्न सक्छ। पाकिस्तानी अधिकारीहरूले यसलाई ‘ब्लू इकोनोमी’ का लागि ऐतिहासिक अवसर भनेका छन्।

अमेरिकाबाट ट्यारिफ घोषणा भएपछि भारत सरकारले संयमित प्रतिक्रिया दिएको छ। विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी अमेरिकी निर्णयको असरलाई गहिरो रूपमा मूल्याङ्कन गरिरहेका छौं। भारतका आर्थिक हित र अन्तर्राष्ट्रिय व्यापार नीतिलाई संरक्षण गर्न आवश्यक सबै कदम चालिनेछ।’

यसअघि नै पाकिस्तान सरकारले ट्रम्पलाई सन् २०२६ का नोबेल शान्ति पुरस्कारका लागि मनोनयन दिएको छ।

भारत–पाकिस्तानबीच उत्पन्न तनावमा ट्रम्पले निर्णायक कूटनीतिक पहल गरेकाले यो मनोनयन गरिएको हो । उनले दुवै देशसँग संवाद गर्दै युद्धको जोखिम कम गर्न भूमिका खेलेको पाकिस्तानको दाबी छ।

ट्रम्पका पछिल्ला निर्णयहरूले दक्षिण एसियाली भू–राजनीतिमा पुनःसन्तुलनको बहस चर्काएको छ। पाकिस्तानसँगको तेल साझेदारी र भारतमाथिको ट्यारिफ एउटै दिनमा घोषणा गर्नुमा गहिरो रणनीतिक सन्देश रहेको चर्चा अहिले भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली