३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाउपाभित्र बबन्डर: देउवा र नागरिक उन्मुक्ति पार्टीको संरक्षक रेशम चाैधरीबीच भेटवार्ता

१६ श्रावण २०८२, बिहीबार १६:०३

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नागरिक उन्मुक्ति पार्टीको संरक्षक रेशम चाैधरीबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न चाैधरी बिहीबार बिहान बूढानीलकण्ठस्थित देउवाकै निवास पुगेका हुन् ।

नाउपाभित्र यतिबेला बबन्डर चलिरहेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठलाई बहुमत सदस्यहरूले बर्खास्त गर्ने निर्णय गरेका छन् । रेशमकै चाहनामा श्रेष्ठलाई हटाउने निर्णय भएको हो । तर श्रेष्ठले भने आफूलाई हटाउने निर्णय वैधानिक हुनै नसक्ने जिकिर गरेकी छन् । पछिल्लोपटक घुस प्रकरणमा मुछिएपछि श्रेष्ठ विवादमा तानिएकी हुन् । यद्यपि श्रीमान् श्रीमतीसमेत रहेका चाैधरी र श्रेष्ठबीच पार्टी राजनीतिलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको छ ।

टीकापुर हत्याकाण्डका मुख्य योजनाकार ठहर रेशमले जेलमै रहेका बेला श्रीमतीलाई अध्यक्ष बनाएर पार्टी खोलेका थिए । हाल राष्ट्रपतिबाट आममाफी पाएर रेशम जेलबाहिर छन् । जेलबाट छुटेपछि उनले टीकापुरमै नाउपाको महाधिवेशन गरेर आफैँ अध्यक्ष बनेका थिए ।

तर हत्या मुद्दामा दोषी ठहर व्यक्ति राजनीतिक दलको सदस्य हुनै नसक्ने भन्दै निर्वाचन आयोगले श्रेष्ठकै नेतृत्व ब्युँताएको थियो । अहिले रेशमको आममाफीविरुद्ध पनि मुद्दा विचाराधीन छ । कुनै पनि समय आममाफी बदर हुने त्रासमा रहेका रेशम शीर्ष नेताहरूसँग बारम्बार भेटिरहन्छन् । आज देउवासँग भएको भेटलाई पनि उनले महत्त्वपूर्ण राजनीतिक भेटघाट भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली