२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाउपाभित्र बबन्डर: देउवा र नागरिक उन्मुक्ति पार्टीको संरक्षक रेशम चाैधरीबीच भेटवार्ता

२०८२, १६ श्रावण बिहीबार १६:०३

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नागरिक उन्मुक्ति पार्टीको संरक्षक रेशम चाैधरीबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न चाैधरी बिहीबार बिहान बूढानीलकण्ठस्थित देउवाकै निवास पुगेका हुन् ।

नाउपाभित्र यतिबेला बबन्डर चलिरहेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठलाई बहुमत सदस्यहरूले बर्खास्त गर्ने निर्णय गरेका छन् । रेशमकै चाहनामा श्रेष्ठलाई हटाउने निर्णय भएको हो । तर श्रेष्ठले भने आफूलाई हटाउने निर्णय वैधानिक हुनै नसक्ने जिकिर गरेकी छन् । पछिल्लोपटक घुस प्रकरणमा मुछिएपछि श्रेष्ठ विवादमा तानिएकी हुन् । यद्यपि श्रीमान् श्रीमतीसमेत रहेका चाैधरी र श्रेष्ठबीच पार्टी राजनीतिलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको छ ।

टीकापुर हत्याकाण्डका मुख्य योजनाकार ठहर रेशमले जेलमै रहेका बेला श्रीमतीलाई अध्यक्ष बनाएर पार्टी खोलेका थिए । हाल राष्ट्रपतिबाट आममाफी पाएर रेशम जेलबाहिर छन् । जेलबाट छुटेपछि उनले टीकापुरमै नाउपाको महाधिवेशन गरेर आफैँ अध्यक्ष बनेका थिए ।

तर हत्या मुद्दामा दोषी ठहर व्यक्ति राजनीतिक दलको सदस्य हुनै नसक्ने भन्दै निर्वाचन आयोगले श्रेष्ठकै नेतृत्व ब्युँताएको थियो । अहिले रेशमको आममाफीविरुद्ध पनि मुद्दा विचाराधीन छ । कुनै पनि समय आममाफी बदर हुने त्रासमा रहेका रेशम शीर्ष नेताहरूसँग बारम्बार भेटिरहन्छन् । आज देउवासँग भएको भेटलाई पनि उनले महत्त्वपूर्ण राजनीतिक भेटघाट भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी