२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचित केन्द्रीय सदस्य कार्कीले गरे पार्टी परित्याग

१६ श्रावण २०८२, बिहीबार १६:१७

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि समर्पित रहेर काम गरेको राप्रपाको हालको नेतृत्व, गुटबन्दी, भागबन्डा र हैकमवादी प्रवृत्तिबाट निराश भई पार्टी परित्याग गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

 

‘पार्टी अध्यक्षले विमति राख्ने कार्यकर्तालाई हटाउँदै, चाकडी र चाप्लुसी गर्नेहरूलाई संरक्षण दिन थालेपछि सुधारको कुनै सम्भावना बाँकी रहेन’, कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राप्रपामा आफूले सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर राणा, कमल थापा र डा. प्रकाश चन्द्र लोहनीसँग विभिन्न जिम्मेवारीमा रहेर काम गरेको उल्लेख गर्दै कार्कीले वर्तमान नेतृत्वले पार्टीलाई विधि-विधानविहीन र स्वेच्छाचारी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।

 

पार्टीमा विचारभन्दा पनि पद, भागबन्डा, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिइएको भन्दै उनले आक्रोश पोखेका छन् । पार्टीमा पुराना र समर्पित कार्यकर्तालाई पाखा लगाएर अयोग्य र नवप्रवेशीलाई शीर्ष जिम्मेवारी दिइनु, लगातार चुनाव चिन्ह परिवर्तन हुनुले संगठन र कार्यकर्तामाझ निराशा थपिएको उनले बताएका छन् ।

यस्तो प्रवृत्तिले संगठनको आत्मा मरेको अनुभूति हुने र यस्तो नेतृत्वको पछि लाग्नु देश र जनताका लागि धोका हुने कार्कीको निष्कर्ष छ । पार्टीको साधारण सदस्यता समेत त्यागेको भन्दै कार्कीले अब कुनै दल वा गुटसँग आबद्ध नरही स्वतन्त्र जनता र राष्ट्रको सेवामा रहने बताएका छन् । उनले भविष्यमा सत्य, निष्ठा र राष्ट्र निर्माणमा लाग्नेहरुसँग भने साझा प्रयासमा सहकार्यको अपेक्षा राखेका छन् ।

पूर्वमधेस प्रदेश संयोजक, पूर्व प्रवक्ता, र पूर्व अनुशासन समिति सदस्य सचिवसहितका भूमिका निभाएका कार्कीको पार्टी परित्यागले राप्रपाभित्रको आन्तरिक कलह बढ्दै गएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली