३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली भने – मेसी र रोनाल्डोभन्दा राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौँ

१६ श्रावण २०८२, बिहीबार १६:२८

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोभन्दा राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् ।

बिहीबार अखिल फिफाअन्तर्गत नेपाल फुटबल संघ (एन्फा)को कार्यक्रम ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले मेसी र रोनाल्डोभनदा अब्बल खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताएका हुन् ।

“हामीले पेलेदेखि लिएर अहिलेका मेसी अथवा अरू खेलाडीहरूसम्मको दाँजोमा, एम्बाप्पे, रोनाल्डो सबैको दाँजोमा पुग्न सक्ने र त्योभन्दा अगाडि बढ्न सक्ने सामर्थ्य राख्ने खेलाडीहरू नेपालले नेपालमा उत्पादन गर्ने लक्ष्य लिएका छौँ,” प्रधानमन्त्री ओलीले भने ।

एन्फाले यो परियोजना सञ्चालन गर्न फिफाबाट ५० हजार डलर पाइसकेको छ । परियोजनाअन्तर्गत नेपालभरका एक हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा बल वितरण गरिनेछ । परियोजना १२ देखि १६ वर्षका विद्यार्थीलक्षित हुने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली