2026-09-13 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली भने – मेसी र रोनाल्डोभन्दा राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौँ

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोभन्दा राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् ।

बिहीबार अखिल फिफाअन्तर्गत नेपाल फुटबल संघ (एन्फा)को कार्यक्रम ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले मेसी र रोनाल्डोभनदा अब्बल खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताएका हुन् ।

“हामीले पेलेदेखि लिएर अहिलेका मेसी अथवा अरू खेलाडीहरूसम्मको दाँजोमा, एम्बाप्पे, रोनाल्डो सबैको दाँजोमा पुग्न सक्ने र त्योभन्दा अगाडि बढ्न सक्ने सामर्थ्य राख्ने खेलाडीहरू नेपालले नेपालमा उत्पादन गर्ने लक्ष्य लिएका छौँ,” प्रधानमन्त्री ओलीले भने ।

एन्फाले यो परियोजना सञ्चालन गर्न फिफाबाट ५० हजार डलर पाइसकेको छ । परियोजनाअन्तर्गत नेपालभरका एक हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा बल वितरण गरिनेछ । परियोजना १२ देखि १६ वर्षका विद्यार्थीलक्षित हुने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले