२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पूर्वप्रधानमन्त्रीका नाती, पूर्वमन्त्रीका छोरा बलात्कार मुद्दामा दोषी:सत्ताको आडमा यौन हिंसा

१८ श्रावण २०८२, शनिबार १२:३४

काठमाडौँ | भारतका पूर्वप्रधानमन्त्रीका नाती, पूर्वमन्त्रीका छोरा तथा आफैं पनि पूर्वसांसद रहेका ३४ बर्षिय प्रज्वल रेवन्ना बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। उनको सजाय शनिबार तय हुने ‘दी इन्डियन एक्सप्रेस’ले जनाएको छ।

बेंगलुरुमा विशेष अदालतले शुक्रबार जनता दल सेक्युलरका पूर्वसांसद प्रज्वललाई कर्नाटकको हसन जिल्लामा गत वर्ष दर्ता भएका तीन बलात्कार मुद्दा मध्ये एकमा दोषी ठहर गरेको हो।

यो दोषी ठहरले पूर्वप्रधानमन्त्री एचडी देवेगौडाका नाति, कर्नाटकका पूर्वमन्त्री एचडी रेवन्नाका छोरा र केन्द्रीय मन्त्री एचडी कुमार स्वामीका भतिजालाई १० देखि १४ वर्षको जेल सजाय हुने भएको छ।

फैसलापछि प्रज्वललाई अदालतको हलबाट बाहिर निकाल्दा आँसु बगाएको देखियो। उनीमाथि कथित यौन दुव्र्यवहारको आरोपसँग सम्बन्धित चौथो मुद्दा पनि चलिरहेको छ।

‘सीआरपीसीको धारा २३५(२) अन्तर्गत कारबाही गर्दै, आरोपी प्रज्वल रेवन्नालाई भारतीय दण्ड संहिताको धारा ३७६(२)(प), ३७६(२)(ल), ३५४– ए, ३५४– बी, ३५४– सी, ५०६, २०१ र सूचना प्रविधि ऐन २००८ को धारा ६६(इ) अन्तर्गत दण्डनीय अपराध गरेकोमा दोषी ठहर गरिएको छ। सजायको मात्रा सुनुवाइको लागि, जेल अधिकारीहरूलाई अर्को सुनुवाइको मितिमा अभियुक्तलाई अदालतमा उपस्थित गराउन निर्देशन दिइएको छ’, विशेष सत्र अदालतका न्यायाधीश सन्तोष गजानन भट्टले आफ्नो संक्षिप्त आदेशमा भने।

प्रज्वललाई उनको परिवारको स्वामित्वमा रहेको फार्महाउसमा एक मध्यम उमेरकी महिला, घरेलु कामदारलाई बलात्कार गरेको आरोप लगाइएको थियो। यौन उत्पीडन र आपराधिक धम्कीसँग सम्बन्धित आईपीसीको धारा ३७६(२) (प) अन्तर्गत “नियन्त्रण वा प्रभुत्वको स्थितिमा’’ रहँदा बलात्कारको आरोप लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य