२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको चेतावनीपछि बालबालिकाको रगतले रङ्गियो किभ:२६ जनाको मृत्यु

१८ श्रावण २०८२, शनिबार १४:०८

काठमाडौँ | युक्रेनको किभमा बिहीबार भएको रुसी क्षेप्यास्त्र र ड्रोन हमलामा तीन बालबालिकासहित २६ जनाको मृत्यु भएको युक्रेनको आन्तरिक मन्त्रालयले जनाएको छ।

यसअघि दुई बालबालिका सहित १६ जनाको मृत्यु भएको जनाएकोमा ‘उद्धारकर्ताहरूले स्वाटोसिन्स्की जिल्लाको आवासीय भवनको भग्नावशेषबाट २ वर्षीय बच्चाको शवसहित थप १० वटा शव निकालेपछि शुक्रबार मृतकको सङ्ख्या संशोधन गरिएको मन्त्रालयले टेलिग्राममार्फत जानकारी गराएको छ। मन्त्रालयले बिहीबारको आक्रमणमा १६ जना बालबालिकासहित १५९ जना घाइते भएको बताएको छ।

दक्षिणपूर्वी युक्रेनको जापोरिझियामा शुक्रबार भएको रुसी आक्रमणमा एक व्यक्तिको मृत्यु भएको यस क्षेत्रको सैन्य प्रशासनले टेलिग्राममार्फत जनाएको छ। बिहीबारको आक्रमणपछि किभले एक दिनको शोक मनाउँदै घातक आक्रमण भएको जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार आफ्ना सहयोगीहरूलाई आक्रमणको केही घण्टापछि ‘रुसको शासन शैलीमा परिवर्तन’ ल्याउन दबाव दिन आग्रह गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेनमा रुसको कार्यको निन्दा गर्दै मस्कोविरुद्ध नयाँ प्रतिबन्ध आउने सुझाव दिएका थिए।

‘रुसले गरेको कार्य घृणित छ,’ ट्रम्पले पत्रकार सम्मेलनमा भने। गत सोमबार ट्रम्पले मस्कोलाई आक्रमण रोक्न आग्रह गर्दै अन्यथा प्रतिबन्धको सामना गर्न १० देखि १२ दिनको अल्टिमेटम जारी गरेका थिए। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य