२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पार्टीभित्र उत्पन्न हुने सामान्य मतभेदलाई व्यवस्थापन गर्दै अघि बढ्ने हाम्रो अभ्यास हो’: वर्षमान पुन

२०८२, १८ श्रावण शनिबार १६:०२

काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र देखा परेका असमझदारी र मतभेदले संगठनमा विभाजन ल्याउने सम्भावना नरहेको बताएका छन् ।

पार्टी केन्द्री कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरद्वन्द्वलाई सञ्चार माध्यम र केही व्यक्तिहरूले अतिरञ्जित गरेर प्रस्तुत गरिरहेको दाबी गरे ।

 

‘पार्टीभित्र उत्पन्न हुने सामान्य मतभेदलाई व्यवस्थापन गर्दै अघि बढ्ने हाम्रो अभ्यास हो’, पुनले भने, ‘यस्ता विषयहरू बाहिर जति हल्ला गरिए पनि, त्यसले पार्टी विभाजनसम्म पुर्‍याउँछ भन्ने भ्रम साँचो होइन, अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टीलाई थप एकताबद्ध गर्दै लैजानेछौँ ।’

उनले विचारमा समानता भएका अन्य दलहरूसँग भविष्यमा एकता प्रयास भइरहेको बताए । पुनका अनुसार, नेकपा एकीकृत समाजवादी, नेकपा लगायतका दलहरूसँग पार्टी एकताको विषयमा निरन्तर छलफल र संवाद चलिरहेको छ।

 

‘समाजवादी मोर्चामा आवद्ध दलहरूसँग समन्वय गर्दै हामी एकताको सम्भाव्यता खोजिरहेका छौँ, विचार र प्रवृत्ति मिल्नेहरूसँग स्वाभाविक रूपमा एकता सम्भव छ’, उनले थपे, ‘तर केही मानिसहरू यस्तो प्रक्रियामा अवरोध सिर्जना गर्न चाहन्छन्, भ्रम फैलाउँछन् । तर हामी संयमित ढंगले छलफललाई अघि बढाइरहेका छौँ ।’

पुनले पार्टीले औपचारिक एजेन्डाका रूपमा एकताको विषयलाई अघि सारेको बताए । बैठकको अन्त्यमा साझा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी