२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युत् विधेयकबाट सरकारले विदेशी सेना नेपाल आउने बाटो खोल्यो- पूर्वउपप्रधानमन्त्री डा. रावल

१८ श्रावण २०८२, शनिबार १७:२७

काठमाडौँ | पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले सरकारले विदेशी सेना नेपाल आउने बाटो खोलिरहेको आरोप लगाएका छन् । शनिबार (साउन १७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

नेपाली नदीनालाबाट विद्युत् उत्पादन गर्न विदेशीलाई दिने कानुन बनाइएको उनले उल्लेख गरे । सरकारले त्यसको ‘सुरक्षा आफैँ गर्नू’ भनेको भन्दै उनले त्यसले विदेशी सेनालाई नेपाल भित्रने बाटो खुलाएको टिप्पणी गरे ।

विदेशी सेना आएपछि नेपालीलाई अब राम्रोसँग खान र बस्न नदिने उनले बताए । उनले अब नागरिकता लिन बाबुको नाम र ठेगाना नचाहिने व्यवस्था गरिएको भन्दै आपत्ति जनाए । पिताको नाम र ठेगाना नै नचाहिने भएपछि कसरी वंशजको नागरिकता भयो ? भन्दै उनले प्रश्न गरे ।

कार्यक्रममा भीम रावलको भनाइ पढ्नोस् :

एउटा कानुन आएको सुनेँ । अहिले विदेशीहरूले नेपाली नदीनालाबाट विद्युत् जुन बनाउने भनेको छ नि, त्यसको सुरक्षा जसले बनाउने हो उसैले गर भनिदियो । अब हेर त, विदेशी सेना आउने भयो कि नाइ ? अब विदेशी सेना आएपछि हामीलाई खीर खान दिन्छ ? संसद्बाट एउटा कानुन पारित भयो । बनायो कानुन त्यहाँ बसेकाहरूले । अबदेखि नागरिकता लिने मान्छेले मेरो बाबुको नाम पनि भन्दिनँ, मेरो बाबु कहाँबाट जन्मेको त्यो पनि खाली राख्ने रे ! यो देशलाई कहाँ लैजान लाग्या हो ? दिने बेला वंशजको नागरिकता भन्ने, बाबुको नाम र ठेगाना मेटिदिएपछि वंशज रह्यो त ? यस्तो राजनीति गरेपछि खीर खाने दिन धेरै रहँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु