2026-08-23 01:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पूर्व प्रधानमन्त्रीका नाति तथा पूर्व सांसदलाई आजीवन जेलको सजाय’बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौँ | भारतको कर्नाटकको विशेष अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेका जनता दल धर्मनिरपेक्ष (जेडीएस) का नेता तथा पूर्व सांसद प्रज्वल रेवन्नालाई आजीवन कारावासको सजाय सुनाएको छ ।

 

विशेष अदालतका न्यायाधीश सन्तोष गजानन भट्टले रेवन्नालाई आजीवन कारागारको सजाय सुनाएका हुन् । अदालतले रेवन्नालाई १० लाख रुपैयाँ जरिवाना गरेको छ भने र पीडितलाई ७ लाख क्षतिपूर्ति तिर्न पनि आदेश दिएको छ ।

अदालतले शुक्रबार रेवन्नालाई दोषी ठहर गरेको थियो । रेवन्नाले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै कम सजायको लागि अदालतमा अपील गरेका थिए ।

रेवन्नाविरुद्ध बलात्कारका चार मुद्दा दर्ता रहेका छन् । यो मुद्दा हसन जिल्लामा रहेको रेवन्ना परिवारको गन्निकाडा फार्महाउसमा घरेलु कामदारको रूपमा काम गर्ने ४८ वर्षीया महिलासँग सम्बन्धित छ ।

पूर्व प्रधानमन्त्री एचडी देवेगौडाका नाति रेवन्नालाई २०२१ मा हसनस्थित उनको फार्महाउस र बैंगलोरस्थित उनको घरमा दुई पटक बलात्कार गरेको आरोपमा दोषी ठहराइएको थियो । उनले उक्त कार्य आफ्नो मोबाइल फोनमा पनि रेकर्ड गरेको र यो कुरा कसैलाई भनेमा भिडियो लीक गर्ने धम्की पनि दिएका थिए ।

अभियोजन पक्षले २६ साक्षीहरूको बयान लिएको थियो र १८० कागजातहरू पेश गरेको थियो । मुख्य प्रमाण पीडितको थियो, जुन धेरै विश्वसनीय थियो । मुद्दाको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान टोलीले सेप्टेम्बर २०२४ मा १,६३२ पृष्ठको आरोपपत्र दायर गरेको थियो। यसमा ११३ साक्षीहरूको बयान समावेश थियो ।

अप्रिल २६, २०२४ मा हसनमा हुने लोकसभा चुनाव अघि प्रज्वल रेवन्नासँग सम्बन्धित कथित अश्लील भिडियोहरू भएका पेन-ड्राइभहरू प्रसारित भएको आरोपमा मुद्दाहरू प्रकाशमा आए । जर्मनी भागेका रेवन्ना गत वर्ष मे ३१ मा एयरपोर्टबाट पक्राउ परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो