Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि कतिमा हुदैछ कारोबार?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | आज सुनचाँदीकै मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एकसय रुपैयाँ बढेको हो। सुनको मूल्य आज प्रतितोला एक लाख ९६ हजार ६ सय रुपैयाँ पुगेको छ।

हिजो प्रतितोला तीन हजार चारसय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख ९६ हजार पाँचसय रुपैयाँ पुगेको थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुईहजार दुईसय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।