2026-06-22 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पका सहयोगीले भने – भारतले रूस-युक्रेन युद्धमा आर्थिक सहयोग गरिरहेको छ

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक शीर्ष सहयोगीले भारतले रूस-युक्रेन युद्धमा आर्थिक सहयोग गरिरहेको आरोप लगाएका छन् ।

ट्रम्पका सहयोगी तथा वरिष्ठ सल्लाहकार स्टेफन मिलरले फक्स न्युजको ‘सन्डे मर्निङ फ्युचर्स’ कार्यक्रममा भारतमाथि रूसबाट तेल किनेर युक्रेन युद्धमा अप्रत्यक्ष रूपमा आर्थिक सहयोग गरिरहेको गम्भीर आरोप लगाएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मिलरले भने, “भारतले अझै पनि रूसबाट तेल किनिरहनु स्वीकार्य होइन। यो कार्यले रूसको युद्ध खर्चलाई सघाइरहेको छ भन्ने ट्रम्पले स्पष्ट रूपमा बताएका छन्।”

मिलरले भारतमाथि ट्रम्प प्रशासनबाट आएको यो आलोचना अहिलेसम्मकै तीव्र र प्रत्यक्ष रहेको बताए। उनले अगाडि थपे, “धेरैलाई थाहा नहुन सक्छ, तर भारत र चीन दुवैले लगभग समान मात्रामा रूसबाट तेल खरीद गर्दै आएका छन्। यो तथ्य नै अचम्मलाग्दो छ।”

भारतीय दूतावासले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। तर रोयटर्सलाई भारतीय सरकारी स्रोतहरूले शनिबार जानकारी दिँदै भनेका छन् कि अमेरिकी दबाबका बाबजुद पनि भारतले रूसबाट तेल खरीद जारी राख्नेछ।

भारतले रूसबाट सैन्य उपकरण र ऊर्जा स्रोतहरू खरीद गरिरहेकाले अमेरिकाले शुक्रबारदेखि भारतीय सामानमा २५ प्रतिशत भन्सार शुल्क लागू गरिसकेको छ। रूसले युक्रेनसँग महत्वपूर्ण शान्ति सम्झौता नगरेसम्म अन्य रूसी तेल खरीद गर्ने देशहरूका वस्तुमा १०० प्रतिशत शुल्क लगाउने ट्रम्पले चेतावनी दिएका छन्।

यद्यपि, मिलरले ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्बन्धलाई ‘उत्कृष्ट’ भन्दै आलोचनालाई केही सन्तुलित बनाउने प्रयास गरे। “ट्रम्प र मोदीबीचको सम्बन्ध अत्यन्तै राम्रो छ,” उनले भने।

अहिलेसम्म भारतले रूससँगको ऊर्जा सम्बन्धलाई आफ्नो राष्ट्रिय हितका रूपमा हेर्दै आएको छ। तर ट्रम्प प्रशासनको यस्तो बयानले भारत-अमेरिका सम्बन्धमा नयाँ तनाव सिर्जना गर्न सक्ने विश्लेषकहरूले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ