२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाको अवरोध कायमै

२० श्रावण २०८२, सोमबार १३:४६

काठमाडौँ | भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएका छन्। सोमबार बैठक सुरू हुने वित्तिकै विपक्षी दलहरू रास्वपा र राप्रपाका सांसदहरूले सिटबाट उठेर विरोध जनाए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम साहलाई बोल्न समय दिए। उनले भिजिट भिसा प्रकरणमा सत्यसत्य बाहिर नल्याएसम्म संसदमा अवरोध कायमै रहने बताए।

 

त्यसपछि राप्रपा सांसद ध्रुव बहादुर प्रधानले बोल्नका लागि समय पाए। उनले भिजिट भिसा प्रकरणको छानविनको माग गर्दा राप्रपा र रास्वपालाई व्यवस्था विरोधी भनेर ट्याग लगाउन खोजिएको आरोप लगाए। उनले भिजिट भिसा प्रकरण सामान्य विष नभएकाले घटनाको छानबिन र अनुसन्धानका लागि विशेष समिति गठन गर्नुपर्ने माग गरे। उनले साना दलहरूलाई कमजोर नठान्न चेतावनी समेत दिए।

भिजिट भिसा प्रकरणलाई लिएर दुवै दलहरूले लामो समयदेखि संसदमा विरोध जनाउँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य