२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सांसदको घाँटीबाटै सुनको सिक्री तानेर लुटेरा फरार,पत्र लेखेर गृहमन्त्रीको ध्यानाकर्षण

२० श्रावण २०८२, सोमबार १४:१८

काठमाडौँ : भारतको राजधानी नयाँ दिल्लीको ‘भीआईपी’ एरियामा सोमबार एक महिला सांसदको घाँटीबाटै सुनको सिक्री तानेर लुटेरा फरार भएको छ ।

लोकसभा सांसद आर सुधा सोमबार ‘मर्निङ वाक’मा रहेको समयमा उक्त घटना भएको हो । उनले आफ्नो घाँटीबाट सिक्री तानेर लुटेराले लगेको बताएकी छन् । लुटेरा स्कुटरमा आएको र उसले हेलमेटले अनुहार ढाकेका कारण आफूले चिन्न नसक्ने उनको भनाइ छ ।

प्रतिकारका क्रममा आफूलाई विभिन्न ठाउँमा चोटसमेत लागेको सांसद सुधाले जनाएकी छन् ।

घटना लगत्तै उनले गृहमन्त्री अमित शाहलाई पत्र लेखेर जानकारी गराएकी छन् । उनले चाणक्यपुरीजस्तो दिल्लीको सुरक्षित क्षेत्रमा एक महिला सांसदमाथि यसप्रकारको घटना हुन्छ भने महिलाहरू कहाँ सुरक्षित हुन सक्छन् भनेर प्रश्नसमेत गरेकी छन् ।

दिल्ली प्रहरीले यसबारे उजुरी दर्ता गरेर अनुसन्धान थालेको छ । भारतीय सञ्चारमाध्यमले दिल्ली प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार प्रहरीको १० वटा टिम परिचालन गरेर अनुसन्धान तथा खोजतलास थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य