2026-07-27 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेलाई भगौडाको संज्ञा दिदै एमालेका नेताले गरे कटाक्ष

काठमाडौँ | सहकारी डुबाएर खोलिएको दल भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति नेकपा एमालेका सांसदले कडा टिप्पणी गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सांसद दयालबहादुर शाहीले रास्वपालाई सहकारी डुबाएर खोलिएको पार्टी भनेर कटाक्ष गरेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेलाई उनले भगौडाको संज्ञा दिए । ‘संकटकालमा देश छाडेर विदेश गएको भगौडाले नयाँ पार्टी खोले र सहकारी डुबाएर पार्टी खोले । तामझासहित जीबीको पैसाले बर्खाका च्याउ उम्रिए,’ शाहीले भने ।

 

नेपालमा माओवादी जनयुद्ध शुरू भएपछि लागेको संकटकालका बेला लामिछाने अमेरिका गएकोतर्फ कटाक्ष गर्दै शाहीले भगौडाको संज्ञा दिएका हुन् । सांसद शाहीले कुनै योगदान र निष्ठा नभएकाले रास्वपाले संसद् बहिष्कार गरेको टिप्पणी गरे ।

 

‘संसद् बहिष्कारको आवाज छ । जसलाई निष्ठा हुँदैन, उसले बहिष्कार गर्छ । बहिष्कारवादीको गुरु माओवादी अर्काको पार्टीको धमिलोमा दाउ हेरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ