२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कारागारबाट छुटेपछि दुर्गा प्रसाई भन्छन्- तरिका र शैली बदलिएला तर मेरो स्वभाव परिवर्तन हुनेछैन

२१ श्रावण २०८२, मंगलवार १०:०६

काठमाडौँ । तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईले तरिका र शैली बदलिए पनि आफ्नो स्वभाव भने नबदलिने बताएका छन्।

उच्च अदालत पाटनले तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा २५ लाख रुपैयाँ धरौटी लिएर रिहा गरेपछि प्रसाईले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले आफू भावी योजनाका साथ घर फर्केको उल्लेख गरेका छन्।

 

उनले फेसबुकमा लेखेका छन्-

सम्मानित उच्च अदालतको आदेशले म आज कारागार मुक्त भएको छु । सर्वप्रथम त यस अवधिमा साथ, सहयोग र हौसला प्रदान गर्ने देश तथा बिदेशमा रहनुभएका समस्त नेपालीजनमा हार्दिक आभार व्यक्त गर्दछु । जिल्ला अदालतको आदेशले कारागार चलान गर्दा पनि म अदालतको आादेशलाई शिरोपर गर्दै खुसीसाथ नै कारागार गएको थिएँ। आज उच्च अदालतको आदेशबाट रिहा हुँदा पनि देश निर्माणको भावी योजनाका साथ म घर फर्किदै छु । न्याय मरेको छैन भन्ने आभास दिलाउनुहुने समस्त श्रीमानसहित अदालत परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। मेरा लागि सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घर भन्दा फरक लागेन। कारागारमा रहँदा साथ दिने कारागार व्यवस्थापन परिवार, नेपाल प्रहरी, कारागारमा रहनुभएका सबै साथीहरुमा समेत हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दछु ।

म मेरो लागी हैन देशकै लागि थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागी मन बचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुनेछैन । फेरीपनी हृदयको अन्तस्करण बाट सबैमा धेरै आभार । धन्यवाद !

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य