२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जेलेन्स्कीको आरोप :चीन चीन, पाकिस्तान र अफ्रिकी सेनाहरू रुसको पक्षमा लड्दै

२१ श्रावण २०८२, मंगलवार १३:३५

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्धमा चीन, पाकिस्तानलगायत विभिन्न देशका ‘भाडाका सैनिक’ रुसको तर्फबाट संलग्न रहेको दाबी गरेका छन् ।

भोभचास्क क्षेत्रमा युक्रेनी सैनिकसँग भएको भेटको तस्बिर सामाजिक सञ्जाल एक्समा सार्वजनिक गर्दै राष्ट्रपति जेलेन्स्कीले अन्य मुलुकका सैनिक रुसले भाडामा प्रयोग गरेको बताएका हुन् ।

भेटमा राष्ट्रपति जेलेन्स्कीले सैनिक मोर्चाको अवस्थाबारे कमान्डरहरूबाट जानकारीसमेत लिएका थिए ।

“भोभचास्क क्षेत्रमा हाम्रा योद्धाहरूले चीन, ताजकिस्तान, उज्वेकिस्तान, पाकिस्तान र अफ्रिकी देशहरूका भाडाका सैनिकहरूसँग युद्धमा संलग्न भएको जानकारी दिएका छन् । हामी यसको जवाफ दिनेछौँ,” उनले एक्समा लेखेका छन् ।

युक्रेनले यसअघि रुसलाई उत्तर कोरियाली सैनिकहरूले कुर्स्क क्षेत्रको रक्षामा सहयोग गरेको र चिनियाँ लडाकु भर्तीको आरोप लगाएको थियो । जुन आरोप चीनले अस्वीकार गरिसकेको छ ।

चीनबाहेक अन्य कुनै पनि मुलुकले जेलेन्स्कीको पछिल्लो भनाइप्रति कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो