२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०८४ को निर्वाचनमा माओवादीले बहुमत ल्याउन्छ: अग्नि सापकोटाको दाबी

२०८२, २२ श्रावण बुधबार १२:१५

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन् ।

हालै सकिएको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ ऊर्जा दिएको पनि उनले बताए । हाल माओवादी पार्टीका जनवर्गिय सङ्गठन, विभिन्न मुक्तिमोचाहरु असाधारण तरिकाले पार्टी निर्माणमा लागेकोले २०८४ सालमा माओवादी केन्द्रको स्पष्ट बहुमत आउने उनको दाबी छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले कहिले एमाले, कहिले काँग्रेससंग मिल्ने हुँदा माओवादीको ‘छुट्टै अस्तित्व नभएको होकी’ जस्तो देखिँदा जनता, शहीद तथा बेपत्ता परिवार पार्टीसँग केही टाढा भएकोले पार्टी बीचमा केही कमजोरी भएको स्वीकार गरे । पार्टीको वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएको कारण पार्टी शहीद परिवारप्रति उदासिनता भएको, जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि बेवास्ता भएको जस्तो भएको उनको भनाई छ ।

पार्टीले २०८४ सालमा एकल बहुमत हासिल गर्नको लागी समाजवादी क्रान्तिको रुपरेखा र मागचित्र स्पष्ट पारेको उनले बताए । २०८१ साल पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको रुपरेखा, मागचित्रलाई प्रस्ट पारेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले