2026-09-13 03:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा-राप्रपाको निरन्तर अवरोध, आज पनि संसद् बहिष्कार

काठमाडौँ | भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । गत १३ जेठदेखि निरन्तर विरोधमा रहेको यी दुई दलका सांसद आजको बैठकमा आफ्ना धारणा राखेपछि बैठकबाट बाहिरिएका हुन् । बैठकमा रास्वपाका प्रवक्ता एवं सांसद मनिष झा र राप्रपाकी सांसद रोशन कार्कीले बोल्दै भिजिट भिसा वितरण र त्यसबाट सिर्जित संकटको समाधानप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए ।

 

सांसद झाले भिजिट भिसा प्रकरणका क्रममा ‘कुलिङ पिरियड’ मा देखिएको अनियमितताको जिम्मेवारी सभापति रामहरि खतिवडाले लिनुपर्ने भन्दै उनको पद टिकाइ असंवैधानिक भएको बताए । ‘राज्य, व्यवस्था तथा सुशासन समितिका सभापतिमाथि नैतिकता प्रश्न उठिरहेको बेला हामीमाथि भने पटकपटक नैतिकता र नालायकीको प्रश्न उठाइन्छ,’ उनले भने, ‘यो दोहोरो मापदण्ड हो, जवाफ कसले दिने ?’

त्यसैगरी, राप्रपाकी सांसद रोशन कार्कीले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाउँदै आन्दोलनरत सांसदको आवाज नसुनी संसद् चलाइरहनु गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरिन् । ‘सरकार संसदप्रति उत्तरदायी हो कि संसद् सरकारप्रति ?,’ उनले प्रश्न गरिन् ।

रास्वपा र राप्रपाले छानबिन समिति गठन नभएसम्म संसदमा नियमितरूपमा सहभागी नहुने अडान लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले