२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वप्रकाशको रास्वपालाई सुझाव: तीन ‘अ’ बाट मुक्त हुनुहोस्,किनकि रवि गृहमन्त्री हुदानै भिजिट भिसामा धेरै विदेश गएका थिए

२२ श्रावण २०८२, बुधबार १५:०४

काठमाडौँ | नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तीन ‘अ’ बाट मुक्त हुन सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले रास्वपालाई नयाँ दलले नयाँ संस्कार प्रस्तुत गर्नु पर्छ भन्दै तीन ‘अ’ अतार्किक अडान, आवेग र अराजकताबाट मुक्त हुन सुझाव दिएका हुन् ।

शर्माले रास्वपाले लगाउदै आएको भिजिट भिसा प्रकरणको जवाफ दिदै रवि लामिछाने गृहमन्त्री हुदा सबैभन्दा बढी भिजिट भिसामा विदेश गएको आँकडा प्रस्तुत गरेका थिए । उनले रास्वपालाई जिम्मेवार बन्न आग्रह गर्दै संसद बहिष्कार गरेर अराजनीतिक गतिबिधि नगर्न अनुरोध गरेका छन् । शर्माले राजनीतिक दलले गर्ने काम राजनीतिक दलले गर्नुपर्ने भन्दै कानुनलाई आफ्नो काम गर्न दिनुपर्ने बताए । उनले सहकारीमा पाँचसय भन्दा बढी पक्राउ परेकामा अरु सबै ठग एक जना रवि लामिछाने प्रतिशोधले थुनिएको नहुने बताए ।

शर्माले आफ्ना धारणा राख्दै सरकारलाई स्वास्थ्य, कृषि, विकास निर्माणका काममा मन्त्रीहरु र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले सहकारी पिडितको रकम फिर्ता गराउने बातावरण बनाउन प्रधानमन्त्री विदेशबाट फर्किनासाथ ध्यानाकर्षण गराउने बताउदै जीबी राई अहिलेसम्म पक्राउ नपरेकोमा सरकारलाई प्रश्न गरेका छन् ।

महामन्त्री शर्माले जनतालाई फकाउन भन्दा भड़काउन सजिलो हुने भन्दै एकथरीले २०८४ मा आफुहरु आएपछि सबै ठिक हुने भन्दै जनता भड्काइरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य