भदौ ३०, रोयटर्स | उत्तर कोरियाले जापानलाई समुद्रमा ‘डुबाइदिने’, अमेरिकालाई ‘खरानी’ बनाइदिने कडा चेतावनी दिएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार राष्ट्रस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, रोयटर्स | उत्तर कोरियाले जापानलाई समुद्रमा ‘डुबाइदिने’, अमेरिकालाई ‘खरानी’ बनाइदिने कडा चेतावनी दिएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार राष्ट्रस"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाले जापानलाई समुद्रमा ‘डुबाइदिने’, अमेरिकालाई ‘खरानी’ बनाइदिने

३० भाद्र २०७४, शुक्रबार ०४:३३

भदौ ३०, रोयटर्स | उत्तर कोरियाले जापानलाई समुद्रमा ‘डुबाइदिने’, अमेरिकालाई ‘खरानी’ बनाइदिने कडा चेतावनी दिएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार राष्ट्रसंघद्वारा मंगलबार पारित नयाँ नाकाबन्दीमा प्रमुख भूमिका खेलेको भन्दै उसले अमेरिका र जापानलाई यस्तो चेतावनी दिएको हो ।

उत्तर कोरियाले आफ्ना शक्तिशाली परमाणु हतियार प्रयोग गरी जापान र अमेरिकाको अस्तित्व सिध्याउने जनाएको हो । अमेरिकाले उत्तर कोरियामा आपूर्ति हुने तेलमा पूर्णप्रतिबन्ध लगाउने प्रस्ताव पेस गरेपनि सुरक्षा परिषद्ले उसको कच्चा तेलमाथि मात्र प्रतिबन्ध लगाएको थियो । 

उत्तर कोरियाको छेउको जापानको अब कुनै अस्तित्व आवश्यक नभएको भन्दै जापानलाईइ परमाणु बमद्वारा समुद्रमा डुबाइदिने उत्तर कोरियाको चेतावनी छ । कोरिया एसिया–प्यासिफिक पिस कमिटीले जारी गरको विज्ञप्तिमा यस बिषयमा उल्लेख छ । त्यस्तै, अमेरिका बारे लेखिएको छ, ‘अमेरिकी मुख्य भू–भागलाई खरानी र अन्धकारमय बनाऔं । आजसम्म हामीलेगरका तयारीहरूको सकेसम्म प्रयोग गरौं ।’ 

उत्तर कोरियाले यस अघि प्योङयाङले हाइड्रोजन बम परीक्षण गरपछि राष्ट्रसंघ सुरक्षा परिषदले थप नाकाबन्दी लगाएको हो । सुरक्षा परिषद्बाट मंगलबार उत्तर कोरियाले परमाणु कार्यक्रमका लागि रकम जुटाउन निर्यात गर्ने कपडा तथा तेलको आपूर्ति लक्षित नाकाबन्दी लगाएको थियो । उक्त प्रस्तावहरू सुरक्षा परिषद्बाट सर्वसम्मत पारित भएका थिए ।

प्रतिबन्धको प्रतिक्रिया दिँदै उत्तर कोरियाएले आफूविरुद्धका सुरक्षा परिषद्का निर्णयलाई पैसामा बिकेको भन्दै आरोप समेत लगाएको छ ।  यता जापानले भने उत्तर कोरियाको पछिल्लो अभिव्यक्ति ‘एकदमै भड्काउपूर्ण र आश्चर्यजनक’ रहेको प्रतिक्रिया दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान