2026-07-27 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस–एमालेसहित चारदलीय गठबन्धनसँग एक्लै भिडेको रास्वपा, दोब्बर मतान्तरले विजयी

काठमाडौँ | चन्द्रपुुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा चार दलीय गठबन्धनलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार उदय नारायण सापकोटा निर्वाचित भएका छन्।

पूर्वप्रधानमन्त्री माधव नेपाल, प्रभु साहलगायतका चर्चित नेताहरुको निर्वाचन क्षेत्र रहेको रौतहटमा कांग्रेस-एमालेलगायत चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट सापकोटा अध्यक्षमा निर्वाचित भएका छन्।

रास्वपा अध्यक्ष रवि लामिछानेमाथि राजनीकि प्रतिशोध भएको भन्दै रास्वपाले देशव्यापी रुपमा हस्तक्षर अभियान चलाइरहेका बेला चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा रास्वपाले सफलता पाएको हो।

अध्यक्षमा निर्वाचित सापकोटाले ५ सय २ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वी चार दलीय गठबन्धनमा साझा उम्मेदवार सुनिल साहले मात्र २ सय ६९ मत प्राप्त गरेका छन्। सापकोटा झण्डै दोब्बर मतान्तरले विजयी भएका हुन्।

१ हजार ९७ मतदाता रहेको संघको सम्पन्न निर्बाचनमा ८ सय २ मत खसेको थियो। बिजयी भएपछि सापकोटाले भने चन्द्रपुरको पहिचान र ब्यबसायीको हितमा सदैब क्रियाशिल रहने बताए। अन्य सदस्य पदका उम्मेदबार निर्बिरोध निर्बाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ