२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नमागिएको धरौटी’ –‘निर्दोष’ दाबी गर्ने रविले किन तिर्नुपर्‍यो २ करोड ७४ लाख?: एमाले नेता बस्नेतको प्रश्न

२४ श्रावण २०८२, शुक्रबार १३:२५

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले ‘नमागिएको धरौटी’ प्रकरणले रवि लामिछानेको सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बस्नेतले ‘निर्दोष’ भएको दाबी गर्ने रवि लामिछानेले २ करोड ७४ लाखको ‘नमागिएको’ बैंक ग्यारेन्टी अदालतमा बुझाएर रिहाइको माग गरेको उल्लेख गर्दै सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भएको टिप्पणी गरेका हुन् ।

नेता बस्नेतले निर्दोष हो भने यो बिगो किन तिर्ने भन्दै यदि दोष स्वीकारेको हो भने पीडितहरूलाई महिनौंसम्म अन्यायमा पारी ‘प्रतिशोधको नाउँमा’ हस्ताक्षर संकलनको नाटक किन रचेको भन्दै प्रश्न उठाएका छन् ।

उनले भनेका छन्-

‘नमागिएको धरौटी’ – रवि लामिछानेको सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भएको छ।

‘निर्दोष’ भएको दाबी गर्ने रविजीले कुल बिगो बराबरको २ करोड ७४ लाख रुपैयाँको “नमागिएको” बैंक ग्यारेन्टी अदालतमा बुझाएर रिहाइको माग गरेका छन्। अब यथार्थमा प्रश्न उठ्छ। यदि तपाईं निर्दोष हो भने यो बिगो किन तिर्ने? र यदि दोष स्विकारेको हो भने, पीडितहरूलाई महिनौंसम्म अन्यायमा पारी सर्वोच्चसम्म पुनरावेदन र ‘प्रतिशोधको नाउँमा’ हष्ताक्षर संकलनको नाटक किन रचियो?

रवि लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ प्रयोग गर्दै कानुनी चातुर्य प्रदर्शन गर्न खोजेका छन्। तर जनताको नजरमा यो न त नयाँ राजनीति हो, न नैतिक राजनीति हो यो त ‘नयाँ नौटंकी’ हो। जनताले मागेको तर्क होइन, न्याय हो ? अन्यायमा परेका पीडितहरूमाथि न्याय नदिएर बैंक धरौटीको सहारामा उम्किने प्रयासले अब रविको छवि झनै शंकास्पद बनेको छ । अदालतलाई समेत भ्रममा पार्न बैंक ग्यारेन्टीको फण्डा त काम लाग्ला, तर जनतालाई चित्त बुझाउन न्याय दिन यो तरिका कहिल्यै सफल हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट