2026-07-27 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नमागिएको धरौटी’ –‘निर्दोष’ दाबी गर्ने रविले किन तिर्नुपर्‍यो २ करोड ७४ लाख?: एमाले नेता बस्नेतको प्रश्न

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले ‘नमागिएको धरौटी’ प्रकरणले रवि लामिछानेको सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बस्नेतले ‘निर्दोष’ भएको दाबी गर्ने रवि लामिछानेले २ करोड ७४ लाखको ‘नमागिएको’ बैंक ग्यारेन्टी अदालतमा बुझाएर रिहाइको माग गरेको उल्लेख गर्दै सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भएको टिप्पणी गरेका हुन् ।

नेता बस्नेतले निर्दोष हो भने यो बिगो किन तिर्ने भन्दै यदि दोष स्वीकारेको हो भने पीडितहरूलाई महिनौंसम्म अन्यायमा पारी ‘प्रतिशोधको नाउँमा’ हस्ताक्षर संकलनको नाटक किन रचेको भन्दै प्रश्न उठाएका छन् ।

उनले भनेका छन्-

‘नमागिएको धरौटी’ – रवि लामिछानेको सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भएको छ।

‘निर्दोष’ भएको दाबी गर्ने रविजीले कुल बिगो बराबरको २ करोड ७४ लाख रुपैयाँको “नमागिएको” बैंक ग्यारेन्टी अदालतमा बुझाएर रिहाइको माग गरेका छन्। अब यथार्थमा प्रश्न उठ्छ। यदि तपाईं निर्दोष हो भने यो बिगो किन तिर्ने? र यदि दोष स्विकारेको हो भने, पीडितहरूलाई महिनौंसम्म अन्यायमा पारी सर्वोच्चसम्म पुनरावेदन र ‘प्रतिशोधको नाउँमा’ हष्ताक्षर संकलनको नाटक किन रचियो?

रवि लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ प्रयोग गर्दै कानुनी चातुर्य प्रदर्शन गर्न खोजेका छन्। तर जनताको नजरमा यो न त नयाँ राजनीति हो, न नैतिक राजनीति हो यो त ‘नयाँ नौटंकी’ हो। जनताले मागेको तर्क होइन, न्याय हो ? अन्यायमा परेका पीडितहरूमाथि न्याय नदिएर बैंक धरौटीको सहारामा उम्किने प्रयासले अब रविको छवि झनै शंकास्पद बनेको छ । अदालतलाई समेत भ्रममा पार्न बैंक ग्यारेन्टीको फण्डा त काम लाग्ला, तर जनतालाई चित्त बुझाउन न्याय दिन यो तरिका कहिल्यै सफल हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ