२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पसँग भेट्ने तयारीमा पुटिन, अमेरिकाले राख्यो सर्त

२०८२, २४ श्रावण शुक्रबार १३:५८

काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)मा आगामी हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न सक्ने बताएका छन् । तर, ह्वाइट हाउसका एक अधिकारीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न तयार भएमात्र ट्रम्पसँग भेट्न सम्भाव हुने बताएका छन् ।

अमेरिकाले रुसमाथि युक्रेनमा जारी युद्ध अन्त्य गर्न ठोस कदम चाल्न दबाब दिइरहेका बेला पुटिनको घोषणा आएको हो । युद्ध अन्त्य गर्न ठोस कदम नचाले रुसमाथि नयाँ आर्थिक प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी छ ।

नाम नखुलाउने सर्तमा ह्वाइट हाउसका एक अधिकारीले शुक्रबार रुसमाथि नयाँ प्रतिबन्ध लगाइन सक्ने बताएका छन् । पुटिन जेलेन्स्कीसँग भेट्न तयार नभएन अमेरिका र रुसबीच प्रस्तावित भेट हुने छैन ।

राष्ट्रपति पुटिनले जेलेन्स्कीसँग भेट्नमा आपत्ति नभएको तर केही सर्त पूरा हुनुपर्ने बताउँदै आएका छन् । रुस र युक्रेनका प्रतिनिधिबीचको वार्तामा कुनै ठोस नतिजा निस्किएमात्र पुटिन र जेलेन्स्कीबीच भेट सम्भव हुने रुसको भनाइ छ ।

पुटिनले यूएईलाई सम्भावित भेट्ने स्थानको रूपमा उल्लेख गरेका भए पनि ह्वाइट हाउसले बिहीबार बिहानसम्म कुनै स्थान वा समय तय नभएको बताएको छ ।

अमेरिका र रुसले एक्लै संवाद गरे आफ्नो माग सम्बोधन नहुने डर युक्रेनलाई छ । जेलेन्स्कीले युक्रेनलाई समर्थन प्राप्त गर्न धेरै युरोपेली नेतासँग फोनमा कुराकानी गरेको बताएका छन् । युरोपेली देशहरूले रुसको आक्रमणको विरोध गर्दै युक्रेनलाई समर्थन गर्ने वाचा गरेका छन् ।

यसैबीच, पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले जेलेन्स्कीलाई ट्रम्प–पुटिन भेटमा समावेश गर्ने कुनै मनसाय नभएको यस अघि बताएका थिए । तर, ह्वाइट हाउसले ट्रम्प यस विषयमा विचार गर्न तयार छन् । उशाकोभले उनीहरूको ध्यान ट्रम्प र पुटिनबीचको द्विपक्षीय भेटको तयारीमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति