2026-09-13 03:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाले उपसभापति खड्का र महामन्त्री थापा र शर्मासँग छलफल गरेका तीन विषय

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्। शुक्रबार सभापति देउवाले निवास बूढानीलकण्ठमा उपसभापति र दुवै महामन्त्रीलाई बोलाएर कुराकानी गरेका हुन्। उक्त छलफलमा मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि सहभागी थिए।

सभापति देउवाले क्रियाशील सदस्यता नवीकरण, भ्रातृ संस्थाका अधिवेशन तयारी, रुपन्देही ३ उपनिर्वाचन तयारीलगायत विषयमा उपसभापति र महामन्त्रीद्वयसँग कुराकानी गरेका हुन्। उपसभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यतालगायत पार्टीका आन्तरिक विषयहरूमा कुराकानी भएको बताए।

‘क्रियाशील सदस्यता र भ्रातृ संस्थाका अधिवेशनलगायत आन्तरिक विषयमा मात्रै कुराकानी भयो,’ उनले भने। कांग्रेसले असोजभित्र क्रियाशील सदस्यता नवीकरणका लागि समय दिएको छ। तर कतिपय जिल्लामा क्रियाशील सदस्यता नवीकरणमा विवाद देखा परेका छन्। विवाद देखिएका जिल्लाका सम्बन्धित नेताहरूलाई काठमाडौं झिकाएर छलफल गर्ने तयारी कांग्रेसको छ।

साथै नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थाको महाधिवेशन गर्नका लागि बनाइएको कार्यादेशबारे पनि छलफल भएको छ। उक्त कार्यादेश महामन्त्री शर्माले तयार पारेका थिए। भ्रातृ संस्थाका अधिवेशन पार्टीले तोकेको निर्देशन समितिले गराउनेछ। कांग्रेसबाट टिकट पाएर निर्वाचित जनप्रतिनिधिहरूका कार्यसम्पादन निर्देशिकाबारे पनि सामान्य छलफल भएको छ।

साथै कात्तिक १७ गते रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचन तयारीबारे पनि कुराकानी भएको छ। रूपन्देही ३ मा कसलाई उम्मेदवार बनाउने भनेर कांग्रेसले तल्ला तहबाट आकांक्षीको नाम मागिसकेको छैन।

छलफलमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाबारे भने कुरा उठेको थिएन। कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेरमा सांसद जीवन परियार सभापतित्वको छानबिन समितिले यसमा राजनीतिक र नैतिक जिम्मेवार समिति सभापति खतिवडा रहेको निष्कर्ष निकालेको थियो।

समितिका सभापति खतिवडाले आफूले राजीनामा दिने वा नदिनेबारे सभापति देउवालगायतसँग परामर्शपछि निर्णय लिने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले