२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारतबिचको खुला सीमाको दुरुपयोग हुने गरी कुनै प्रकारको आतङ्कवादी गतिविधि हुनु नहुने : राजेन्द्र महतो

२६ श्रावण २०८२, आईतवार १५:१९

काठमाडौँ | राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल–भारतबिचको खुला सीमाको दुरुपयोग हुने गरी कुनै प्रकारको आतङ्कवादी गतिविधि हुनु नहुने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आतङ्कवादलाई जन्मन दिनु नहुने भन्दै कहिले कहीँ राज्यले आतङ्क सिर्जना गर्ने गरेको बताए ।आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको उदाहरणहरू रहेको भन्दै आतङ्क सिर्जना गरिएको प्रमाण भएको बताए । कुनै पनि नाममा गरिएको आतङ्कवादको समर्थन गर्न र राम्रो मान्न नसकिने उनको भनाइ छ । दक्षिण एसिया क्षेत्र भनेको आतङ्कवादी उत्पादन गर्ने क्षेत्र भएको उल्लेख गर्दै नेपालमा कुनै पनि प्रकारका आतङ्क हुन नहुने बताए ।

नेपाल—भारतबिचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध नभएको पनि बताए । उनले भने, ‘आतङ्कवादलाई जन्मन दिनु हुँदैन । समयमै यसबारे सोच्नुपर्छ । कहिले कहीँ राज्य आतङ्क पनि सिर्जना हुन्छ । व्यक्ति आतङ्क, राज्य आतङ्क, समूह आतङ्क विभिन्न हुन्छन् । राज्य आतङ्क पनि कहिले कहीँ हुँदो रहेछ । नागरिकमाथि राज्यले आतङ्कपूर्ण हमला, गतिविधि र व्यवहार गर्दछ । आफ्नै देशमा पनि भएका छन् । आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको चलाइ, छाती र निधारमा गोली हान्नेलाई राज्य आतङ्क भन्ने की नभन्ने । कारणमा पनि ध्यान जानुपर्छ । आतङ्कवाद भनेको कुरा ठिक होइन । कुनै पनि नाममा गरिएको आतङ्कवादको समर्थन गर्न र राम्रो मान्न सकिँदैन । त्यसको विरुद्धमा उत्रिनुपर्छ । दक्षिण एसिया क्षेत्र भनेको आतङ्कवादी उत्पादन गर्ने क्षेत्र देखियो । यो धर्तीमा कुनै प्रकारका आतङ्कवाद, कुनै प्रकारको आतङ्कवादी गतिविधि बढावा हुने काम यो धर्तीमा हामी बसेका छौँ,यसबाट हुनु हुँदैन । नेपालको खुला सीमाको दुरुपयोग भएको छ । भनिराख्नु पर्दैन । राज्य पक्ष संवेदनशील हुनुपर्छ । नेपाल—भारतबिचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध होइन । खुला सीमाको दुरुपयोग हुने गरी कुनै प्रकारको आतङ्कवादी गतिविधि नेपालको धर्तीबाट हुनु हुँदैन ।’पूर्वीय सभ्यता र दर्शनलाई दुनियाँले आत्मसाथ गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य