काठमाडौँ | बिहान जनै फेरेर रक्षाबन्धन गरेपछि अस्ति साँझ एकजना मन्त्रीका सचिव नाइट क्लबमा व्यस्त भेटिए । एमाले केन्द्रीय सदस्य एवम् उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले राजधानीको नाइट क्लबमा युवती उचाल्दै गरेको भिडियो सार्वजनिक भएको थियो।
भिडियोमा भण्डारीले नीलो पोशाक लगाएकी एक युवतीलाई जुरुक्कै उचालेको देखिन्छ । भण्डारी ती युवतीसँग पहिल्यै परिचित थिए वा नाइट क्लब पुगेपछि मात्र परिचित भएका हुन्, त्यो भने खुलेको छैन ।
सामान्यतयाः नाइट क्लबहरुमा मदिराको नशापछि अपरिचित युवा–युवतीले पनि ‘सेयरिङ डान्स’ गर्छन् । खासगरी क्लबको डान्स फ्लोरमा अपरिचित युवा–युवतीहरु एकअर्कासँग नजिक हुने गर्दछन् ।