2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘रवि लामिछानेलाई स्वच्छ हावा, कानुनी सहायता र भेटघाटबाट वञ्चित गरियो’ — मानवअधिकार आयोग

काठमाडौँ | राष्ट्रिय मानव अधिकार आयोगले सोमबार रूपन्देही कारागारको अनुगमन गरेको छ। आयोगकी आयुक्त लिली थापासहितको टोलीले करिब २५० कैदी राख्ने क्षमताको कारागारमा हाल ७०० बढी कैदी रहेको पाइएको छ। यसलाई न्यूनतम मानवअधिकारको उल्लंघन मानिएको छ। कारागार अनुगमन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै आयुक्त थापाले क्षमताभन्दा बढी कैदी राखेको पाइएको बताइन्।

आयोगकी आयुक्त थापाले भनिन्, “७०० कैदीलाई व्यवस्थापन गर्न कारागार प्रमुखलाई धन्यवाद दिन्छु, तर क्षमताभन्दा बढी कैदी राख्नु सरकारको कमजोरी हो।”

अनुगमनका क्रममा आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेट गरेको थियो। ‘उहाँले अहिलेसम्म घुमफिर (बाहिर हिँडडुल) गर्न पाएको छैन। बाहिर गएर स्वच्छ हावा लिन पाउनुपर्‍यो, पत्रपत्रिका पढ्न पाउनुपर्‍यो, न्युज सुन्न पाउनुपर्‍यो भन्ने कुरा गर्नुभयो,’ उनले भनिन्, ‘उहाँले कानुनी सहायता पनि लिन नपाएको, मुद्दा लड्न कानुन व्यवसायीसँग भेट्न नपाएको, आफ्ना कार्यकर्तासँग पनि भेट्न नपाएकोजस्ता कुरा पनि सुनाउनुभयो।’

 

उनलाई कारागारमा ४२० स्क्वायर फिटको छुट्टै कोठामा राखिएको छ जहाँ अट्याच शौचालय छ। तर शौचालयमा पूर्ण गारो नहुँदा समस्या देखिएको छ। कोठामा दुई वटा पंखा, एउटा खाट र एउटा टेबुल छ। एसी वा कुलर छैन, यद्यपि रास्वपाका एक पदाधिकारीले ‘कुलर छ तर तातो हावा फाल्ने’ बताए।

झ्यालमा राखिएको प्लाइउड सुरक्षा कारणले राखिएको हो, जुन आयोगले हटाउन अनुरोध गरेको छ र प्रशासनले त्यसमा सहमति जनाएको छ।

रूपन्देही कारागारको अवस्था बारे आयोगले चाँडै सार्वजनिक धारणा दिने तयारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले