2026-08-23 10:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको कटाक्ष: मदन भण्डारी फाउन्डेशन पार्टीले होइन, ‘आफैं’ले बनाएको हो

काठमाडौँ | प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले नबनाएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरू सामूहिक संस्था हुनुपर्ने उनको भनाइ थियो ।

‘पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । मनमोहन प्रतिष्ठान पार्टीले नै बनाएको हो । अरु प्रतिष्ठानहरू पनि हामीले, पार्टीले बनाएका छौँ । कतिपय पार्टीले गर्दछ, कतिपय व्यक्तिका हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो खालको परिपाटी छ । त्यो हुनु हुँदैन । हाम्रा संस्थाहरू एकदमै सामूहिक संस्था हुनुपर्छ । मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन । आफैं बनाएको हो ।’

 

मदन—आश्रित स्मृति मनाउन नपाइने स्थिति बनेपछि फाउन्डेशन स्थापना भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘जतिबेला मदन—आश्रित स्मृति मनाउन नपाइने स्थिति बन्यो, त्यतिबेला श्रद्धाञ्जली दिन नपाइने स्थिति बन्यो, जन्मदिन मनाउन नपाइने स्थिति बन्यो,’ ओलीले भने, ‘पर्सि जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेखहरू लिडरसिपबाट लेखिने र प्रकाशित भए । त्यसो भएर एउटा संस्था बनाउनुपर्छ भनेर मदन भण्डारी फाउण्डेशन जन्मिएको हो तर त्यो पार्टी, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको होइन ।’

नेताहरूको नाममा प्रतिष्ठानहरू स्थापना गर्ने र पछि व्यक्तिहरुले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘पार्टीले नै पुष्पलाल प्रतिष्ठान स्थापना गर्‍यो, पहिला पहिला प्रधानमन्त्री भएपछि भ्याउँदिन भनेर, एउटाबाट अर्कोमा चेन्ज गर्ने । सधैँ त्यो गुठी केही व्यक्तिहरुले त्यो पद छोड्दै नछोडेर, अनि त्यसलाई माध्यम बनाएर त्यहाँ काम गर्नेहरुलाई समर्थकको रुपमा राख्ने, बहुमत लिइराख्न आफूसँग लिने, त्यसलाई नियन्त्रण गर्ने,’ ओलीले अघि भनेका छन्, ‘त्यो संस्था कब्जाभित्र त्यो एउटा आन्दोलनको पक्षमा, विचारको पक्षमा, परिवर्तनको पक्षमा निष्ठासाथ लाग्ने संस्था होइन की व्यक्तिको ठगी खाने भाँडो हुने की पार्टीप्रति निष्ठा हुने आन्दोलनप्रति निष्ठा होइन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो