२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनता आवास कार्यक्रम अन्तर्गत क्रिकेट ललित राजवंशीको घर बनाइदिने: कोशी प्रदेशका सांसद

२७ श्रावण २०८२, सोमबार १८:०९

काठमाडौँ | कोशी प्रदेशका सांसद अमृत अर्यालले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशीको घर बनाइदिने बताएका छन् । राष्ट्रिय क्रिकेट टिमका खेलाडी राजवंशीको घरको अवस्था जीर्ण भएको र घर बनाउन आवश्यक रकम समेत नभएकाले उनको घर बनाइदिन लागिएको सांसद अर्यालले बताए ।

सोमबार ललित राजवंशीको घरमा पुगेका अर्यालले कोशी प्रदेशका सांसदहरूले पाउने जनता आवास कार्यक्रम अन्तर्गतको ६ वटा घर मध्ये एउटा ललित राजवंशीका लागि निर्माण गरिने जानकारी दिए ।

अर्यालले भने, ‘राजवंशीको घरको अवस्था जीर्ण भएको र घर निर्माणका लागि आवश्यक रकम समेत नभएको पाइएकाले जनता आवास कार्यक्रम अन्तर्गत राजवंशीको घर निर्माण गरिन लागिएको हो ।’ अर्यालका अनुसार कोशी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदको सिफारिसमा पूर्वाधार विकास कार्यालयले ६ वटा अति विपन्न वर्गका जनताका लागि घर निर्माण गर्ने गरेको छ ।

सोही कार्यक्रम अन्तर्गत राजवंशीको घर पनि निर्माण गर्न लागिएको अर्यालले बताए । उनका अनुसार यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने तयारी गरिएको छ । जनता आवास अन्तर्गत निर्माण हुने घर ४ देखि ५ लाख रुपैयाँ लागतको हुनेछ । जसमा दुई वटा कोठा, बरण्डा र शौचालय निर्माण हुने अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य