2026-09-13 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनता आवास कार्यक्रम अन्तर्गत क्रिकेट ललित राजवंशीको घर बनाइदिने: कोशी प्रदेशका सांसद

काठमाडौँ | कोशी प्रदेशका सांसद अमृत अर्यालले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशीको घर बनाइदिने बताएका छन् । राष्ट्रिय क्रिकेट टिमका खेलाडी राजवंशीको घरको अवस्था जीर्ण भएको र घर बनाउन आवश्यक रकम समेत नभएकाले उनको घर बनाइदिन लागिएको सांसद अर्यालले बताए ।

सोमबार ललित राजवंशीको घरमा पुगेका अर्यालले कोशी प्रदेशका सांसदहरूले पाउने जनता आवास कार्यक्रम अन्तर्गतको ६ वटा घर मध्ये एउटा ललित राजवंशीका लागि निर्माण गरिने जानकारी दिए ।

अर्यालले भने, ‘राजवंशीको घरको अवस्था जीर्ण भएको र घर निर्माणका लागि आवश्यक रकम समेत नभएको पाइएकाले जनता आवास कार्यक्रम अन्तर्गत राजवंशीको घर निर्माण गरिन लागिएको हो ।’ अर्यालका अनुसार कोशी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदको सिफारिसमा पूर्वाधार विकास कार्यालयले ६ वटा अति विपन्न वर्गका जनताका लागि घर निर्माण गर्ने गरेको छ ।

सोही कार्यक्रम अन्तर्गत राजवंशीको घर पनि निर्माण गर्न लागिएको अर्यालले बताए । उनका अनुसार यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने तयारी गरिएको छ । जनता आवास अन्तर्गत निर्माण हुने घर ४ देखि ५ लाख रुपैयाँ लागतको हुनेछ । जसमा दुई वटा कोठा, बरण्डा र शौचालय निर्माण हुने अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले